चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षभित्र छ वटा पाटेबाघ मृत अवस्थामा फेला परेका छन्। सोमबार सिजीघाट क्षेत्र नजिक करिब दुई वर्षको भाले बाघ मृत भेटिएसँगै यो संख्या छ पुगेको हो।
Advertisement
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार मृत भेटिएका बाघमध्ये दुई भाले, तीन पोथी र एउटा पहिचान नखुलेको छ। तीमध्ये दुई बाघ आपसमा जुधेर, तीन उद्धारकै क्रममा र एक प्राकृतिक कारणले मरेका हुन्।
अघिल्लो गणनाअनुसार निकुञ्जमा १२८ वटा पाटेबाघ रहेका थिए भने यस वर्षको गणनाको नतिजा अझै सार्वजनिक गरिएको छैन।
