माडीको बसन्तपुरमा सञ्चालित मेयर कप अन्तरविद्यालय छात्रछात्रा फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत छात्र (केटा) तर्फको उपाधि माडी माध्यमिक विद्यालयले जितेको छ।
Advertisement
आज सम्पन्न फाइनल खेलमा माडी माविले जनकल्याण माविलाई २–१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो। प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गरेका माडी माविका सिद्धान्त बिक ‘म्यान अफ द म्याच’ घोषित भए।
यसैबीच, छात्रा (केटी) तर्फको फाइनल खेल जनजीवन मावि र दिवाकर स्मृति माविबीच जारी रहेको आयोजकले जनाएको छ।
नगर शिक्षा तथा खेलकुद विकास समिति, माडीको आयोजनामा सञ्चालित प्रतियोगिताको समापन समारोहमा माडी नगरपालिकाकी नगरप्रमुख तारा कुमारी काजी महतो को प्रमुख आतिथ्यता रहेको छ।
(तस्बिर : सेतो जर्सीमा माडी माविका खेलाडीहरू)
