राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जिल्ला अधिवेशनबाट चेतनाथ वाग्ले जिल्ला अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ।
अधिवेशनबाट उपाध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा पछि मनोनयन गर्ने गरी जिल्ला कार्यसमिति गठन गरिएको हो। नयाँ कार्यसमितिको सदस्यमा सूर्य काफ्ले चयन हुनुभएको छ।
त्यस्तै पृथ्वी चौधरी, गणेश ढकाल, शारदा कालाखेती पाठक, दुर्गा कुमारी घिमिरे, श्यामकुमार पोख्रेल, बिमला थापा चौधरी, रामजी अधिकारी, गीता लम्साल, विष्णु सेन्चुरी, सोमबहादुर खड्का, चिरञ्जीवी सापकोटा, यमबहादुर चौधरी, मनोज चौधरी र दिनेश अधिकारी सदस्यमा चयन हुनुभएको छ।
अधिवेशनले अध्यक्षमा वाग्लेसहित सदस्यहरूलाई सर्वसम्मत रूपमा चयन गर्दै पार्टीको संगठनलाई थप सुदृढ बनाउने सन्देश दिएको छ। नवनिर्वाचित कार्यसमितिले आगामी दिनमा संगठन विस्तारसँगै जिल्लामा पार्टीका राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा राप्रपाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
