नेपालका करण धोलीले प्रथम सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा ग्योरोगीमा स्वर्ण पदक जितेका छन् ।
चितवनस्थित रत्ननगर नगरपालिकामा शनिवार भएको सिनियर पुरुष ५४ केजी तौल समूहमा करणले नेपालकै अंकित अंकित साहानीलाई हराउँदै स्वर्ण जिते ।
अंकितले पहिलो खेलमा भारतका असिफ हुसेन र सेमिफाइनलमा बोनका राउतलाई हराएका थिए । करणले बंगलादेशका मोहम्मद साहिन अली र नेपालकै अजय घर्तीलाई हराउँदै फाइनलमा यात्रा तय गरेका हुन् ।
फाइनलमा पनि उनी हाबी भए । यसै विधामा अजय घर्ति र रोनक राउत तेस्रो भए । सब जुनियर महिला यु–२६ केजी तौलसमूहमा आयोजकका साहिल मन्सुरले नेपालकै अभिमन्यु गजुरेललाई हराउँदै स्वर्ण जिते ।
यसै विधामा भारतका अर्ष सोफियन कुरेस र नेपालका सुर्यान्सजंग न्यौपाने कांस्य जित्न सफल भए । सब जुनियर महिला २५ केजीमा दीपान्सी बायादीले स्वर्ण जितिन् ।
उनले फाइनलमा सार्वाना क्षेत्रीलाई हराइन् । यस तौलमा आत्मिका लिम्बू र चिरागी बस्याल कांस्य पदकमा नै सीमित भए । पुरुष सिनियर ५८ केजीमा नेपालका राजन लामाले स्वर्ण जिते ।
उनले फाइनलमा नेपालकै मोहमेद हुसेलाई हराए । यस विधामा नेपालकै कमल खड्का र अन्सुल परियारले कांस्य पदक पाए । सब जुनियर पुरुष २८ केजी तौलमा नेपालका सुप्रिम गुरुङले फाइनलमा नेपालकै सलिन अधिकारीलाई हराए ।
