आज राति खण्डग्रास चन्द्रग्रहण लाग्ने ज्योतिषीहरूले बताएका छन् । विश्वका विभिन्न मुलुकबाट देखिने यो ग्रहण नेपालबाट पनि देखिनेछ ।
Advertisement
आजको ग्रहण ३८ मिनेटसम्म नेपाली आकाशमा देख्न सकिने वाल्मीकि विद्यापीठकी उपप्राध्यापक रोदना घिमिरेले जानकारी दिनुभयाे ।
स्पर्श, मध्य, मोक्ष र सर्वपर्व गरी ग्रहणको समयतालिका विभाजन गरिएको उहाँले बताउनुभयाे ।
स्पर्श राति १ बजेर १९ मिनेटसम्म, मध्य समय १ बजेर ५९ मिनेटसम्म, मोक्ष समय २ बजेर ३८ मिनेटसम्म र सर्वपर्व समय ७९ मिनेटलाई निर्धारण गरिएको छ।
ग्रहणको समयमा संक्रमित हुने भएकाले सावधानीपूर्वक रहनसमेत उहाँकाे सुझाव रहेकाे छ । #PRD800611