त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीसीटीभी क्यामेराको स्टोरेज क्षमता ६१ दिन पुर्याइएको विमानस्थल प्रशासनले जनाएकाे छ । यसअघि विमानस्थलमा जडित सीसीटीभी फुटेज २१ दिनदेखि नरहेको विषयमा समाचार प्रकाशित भएको थियो ।
Advertisement
विमानस्थलभित्र ५ सय वटा सीसीटीभी क्यामेरा जडान भएको र त्यसमध्ये केहीको स्टोरेज २१ दिन मात्र रहेको स्वीकार कार्यालयले गरेको छ । त्यसलाई विस्तार गरी अहिले भने ६१ दिन पुर्याइएको कार्यालयले जनाएको हाे ।