नेपाल भारत सिमावर्ती क्षेत्रमा पर्ने चितवन माडीको महत्वपुर्ण धार्मिक एवं पर्यटकिय स्थल सोमेश्वरगढिमा पर्यटकहरुको चहलपहल बढ्न थालेको छ ।
पौष महिनाको जाडो याममा विशेषगरि पिकनिक खानको लागि साथै सोहि अवसरमा सोमेश्वरगढिको चुचुरोमा पुगि मनारोम माडी उपत्यकाको दृश्याबलोकन गर्न आन्तरिक पर्यटकहरुको चहलपहल बढेको हो ।नेपाल सरकारले चितवन माडीको सोमेश्वरगढिलाई देशकै सय पर्यटकिय गन्तब्य स्थलहरुको सुचिमा सुचिकृत गरेपछि सोमेश्वर गढि पुग्नेको संख्यामा वृद्धि हुँदै गएको छ ।
ऐतिहासिक एवं धार्मिक महत्व बोकेको माडीको दक्षिणी क्षेत्रमा पर्ने सोमेश्वरगढिमा चैते दशैंमा भव्य मेला लाग्दछ भने देशकै चर्चित प्रस्तर मुर्तिकारहरुले कलात्मक ढङगले कुँदेर ढुङगामा विभिन्न देवि, देवता र जनावरहरुको आकृतिले सोमेश्वरगढिलाई अझ आर्कषण थपेको छ । माडी नगरपालिकाले सामेश्वरगढि पुग्ने बाटो मर्मत गरेसंगै दुइचक्के तथा चारचक्के गाडि सहजै गढिको गेटसम्म पृुग्ने गरेका छन् ।