माडी-९ काे कान्छि बगहि क्षेत्रका केही घरधुरिहरू अझैपनि खरकाे चुहिनाे छानाेमा बस्न बाध्य रहेका छन् । पारदर्शी अनलाइन ग्राउन्ड जिराे रिपोर्टिङकाे क्रममा उक्त ठाउँमा पुग्दा १ वर्षअघि देखि खरकाे छानाे हटाई टिनकाे छानाे पाउन निवेदन दिएपनि अझै नपाएकाे स्थानियले बताएका छन् ।
त्यस्तै, कान्छि बगहि क्षेत्रमा सुकुम्बासी समस्या समेत कायमै रहेकाे छ । स्थानियका अनुसार कान्छि बगहि क्षेत्रमा माेबाइलकाे नेटवर्क नटिप्ने हुँदा सञ्चारकाे सुविधाबाट बञ्चित रहन परेकाे गुनासाे बढेकाे छ यद्यपि नेपाल टेलिकमले साे क्षेत्रमा टावर राख्ने प्रकृया सुरू गरेकाे छ ।
कान्छि बगहिकाे सडककाे बिच भागबाट लगिएकाे विजुलिकाे तार कम उचाईमा हुँदा दुर्घटनाकाे जाेखिम समेत बढेकाे छ ।
कान्छि बगहिमा अन्य सेवा सुविधाहरू: पिउने पानी, विजुलि, सडकसञ्जाल भने पर्याप्त रहेकाे देखिएकाे छ । #PRD801101