वनजङ्गलमा लागेकाे डढेलाेकाे कारण वायु प्रदुषण संगै विभिन्न प्रकारमा समस्याहरू देखा परेका छन् । चितवन राष्ट्रिय निकुञ्जकाे मध्यवर्ती क्षेत्रका वनजङ्गलमा लागेकाे भिषण डढेलाेका कारण यतिबेला वस्ति वस्तिमा धुवाँकाे रापसहित आँखा पाेल्ने, आँखा पाक्ने, सास फेर्न गाह्राे हुने अक्सिजनकाे कमि भएकाे महसुस हुने जस्ता समस्याहरू देखा परेका छन् ।
डढेलाे कारण पारिस्थिक पद्धतिमा समेत असर परेकाे छ । त्यस्तै डढेलाेले वनस्पति र वन्यजन्तु नष्ट हुने, जनावरहरू आगाे लागेर दु:खद ढङ्गले मर्नुपर्ने अवस्था देखिएकाे छ । वनजङ्गल वरपरका बस्तीमा झन् धुवाँकाे मुस्लाे र वायु प्रदुषणले बालबालिका देखि वृद्दवृद्दालाई बढि असर परेकाे देखिन्छ ।
याे समस्या अहिलेकाे मात्रै हाेइन । प्रत्येक वर्ष डढेलाे लाग्ने गरेपनि वन्यजन्तु, वनस्पति र मानव जिवनकाे स्वास्थ्यमा प्रतिकुल असर पर्न नदिन निकुञ्ज र मध्यवर्ती क्षेत्रका समितिकाे सक्रियता बढाउनुपर्ने देखिन्छ । डढेलाे लागिसकेपछि भन्दापनि डढेलाे लाग्न नदिन बेला बेलामा सुकेका झाडि तथा बुट्यान सफा गर्ने । पशु चाैपायाकाे बेला बेलामा लागि घाँस तथा खर कटानी गरि झाडि तथा वनस्पति बाक्लिन नदिने हाे भने यसकाे केही हदसम्म राेकथाम गर्न सकिन्छ । #PRD801226 #Ddadhelo