माडीका किसानहरुको हक हित तथा सरोकारको लागि पहलकदमि लिन किसान सरोकार समिति गठन भएको छ । विहिबार माडी क्याम्पसकाे सभाहलमा बसेको बैठकले नेत्रनाथ आलेको अध्यक्षतामा ११ सदस्यिय समिति गठन गरको हाे ।
Advertisement
समितिको उपाध्यक्षमा हिरा मती गुरौं चयन हुनुभएको छ भने सचिवमा अशोक कुमार लामिछाने, कोषाध्यक्षमा पिमला चापागाँई चयन हुनुभयो । त्यस्तै, सदस्यहरुमा क्रमशः श्री प्रसाद सुवेदि, ओम प्रकाश महतो, हरी सुवेदि, मधुराम चौधरी, जगन्नाथ महतो र विष्णु सुवेदि रहनुभएको छ ।
माडीका विभिन्न कृषि उपज उत्पादन किसानहरुको हकहितका लागि पहलकदमि लिंदै सरोकारवाला निकायहरुसंग समन्वय र सहकार्य गरि अघि बढ्ने नवनिवार्चीत अध्यक्ष नेत्रनाथ आलेले जनाउनुभयो । #PRD810210