माडी नगरपालिका वडा नं. ९ गणेशकुञ्ज निवासी ३७ वर्षिय इश्वरी गिरीको फोक्सो खराब भई भरतपुर अस्पताल चितवनमा जटिल अवस्थामा उपचाररत हुनुहुन्छ ।
करिब एक हप्तादेखि आइ.सि.यु मा उपचारत उहाँको आर्थिक अभावको कारण थप कठिनाइ भोग्नुपरेको उहाँको भाई एवं माडीका सञ्चारकर्मी समेत रहनुभएका शंकर गिरीले बताउनुभयो । हालसम्म करिब २ लाख खर्च भैसकेको र बाँकी उपचारको लागि घर परिवारबाट आर्थिक श्रोत जुटाउन नसक्दा औषधि किन्न समेत गाह्रो भएको गिरीले बताउनुभयो ।
साथीभाई, छरछिमेक, सामाजिक व्यक्तीत्व लगायत सबैको सहयोगले हालको दिनसम्म उपचार गर्न सम्भव रहेपनि अस्पतालमा लागेको खर्च र औषधी किन्न उहाँलाई रकम जुटाउन गाह्रो परेको छ ।
(शंकर गिरिकाे इ–सेवा नम्बर: 9841939936 वा कृषि बिकास बैंकको खाता नम्बर Shankar Giri: 0508801876902018 मा यथासक्य सहयोग गरि इश्वर गिरिकाे जिवन बचाउन सबैले सहयोग गरौं । )
#PRD810210