माडी नगरपालिकाका बहुसंख्यक सदस्यहरुले कार्यपालिका बैठक बहिस्कार गरेका छन् ।
Advertisement
माडी नगरपालिकाको शनिबार बसेको ३० औं कार्यपालिकाको बैठकमा विभिन्न मागहरु राख्दै कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेका हुन् ।
संघिय सरकारबाट समपुरक बजेट परेको माडी-९ गणेशकुञ्ज सागबारीको सडक निमार्णको काम हेरफेर भएको र माडी नगरपालिकामा कार्यरत कर्मचारीहरुको व्यवस्थापन राम्रो नहुँदा सेवा प्रवाहमा असर परेकाेले यसको समाधान गर्नुपर्ने भन्दै कार्यपालिका सदस्यहरुले बहिस्कार गरेका हुन् ।
त्यस्तै, माडी नगरपालिकाका रहेका साधनहरुले वडाका योजनाका कामहरु छिटो छरितो ढङ्गले नगर्दा बजेट फ्रिज हुने खतरा देखिएकोले तत्कालै यसको व्यवस्थापन गर्नुपर्ने माग सहित बैठक बहिस्कार गरेको जनाइएको छ ।