माडी नगरपालिका–७ देबेन्द्रपुर घर भइ हाल भरतपुर बस्दै आउनुभएका १७ वर्षिया दर्शन बराल तेक्वान्दोमा भाग लिन मलेसिया जाने तयारीमा हुनुहुन्छ ।
आगामी जुलाई १९ देखि २१ सम्म (श्रावण ४ गतेदेखि ६ गते) मलेसियामा हुने अन्तराष्ट्रिय स्तरको स्पर्धमा भाग लिन लाइफलाइन तेक्वान्दो दोजाङले उहाँलाई मलेसिया लैजान लागेको हो ।
यसैबिच, आगामी श्रावण २ गते मलेसियाको लागि प्रस्थानको तयारी गरिरहनुभएका बराललाई खेलमा भाग लिन आर्थिक समस्या परेको छ । खेलमा सहभागि हुन निजी खर्च रु. १ लाख ५० हजार खर्च गर्नुपर्ने प्रावधान रहेकोले आर्थिक अवस्था कमजोर हुँदा सो खर्च जुटाउन उहाँलाई मुस्किल परेको हो ।
भरतपुरको अरोमा इङिलस सेकेन्डरी स्कुलबाट हालै एसइइ दिनुभएका बरालसंगै प्रयाग ढकाल र सुजल कंडेल समेत मलेसियामा आयोजित तेक्वान्दो खेलमा सहभागि हुन लाग्नुभएको हो । आफ्नो जिवनको महत्वपूर्ण लक्ष्य हाँसिल गर्न लाग्नुभएका बराललाई आर्थिक अभावको कारण खेलबाट बञ्चित हुने डर रहेको छ ।
तेक्वान्दोसंगै चित्रकलामा समेत पोख्त रहनुभएका उहाँले विभिन्न राजनितिज्ञ, समाजसेवी तथा विभिन्न जनावरहरुको समेत चित्र कोर्नुभएको छ ।
उहाँलाई सहयोग गर्न चाहनुहुनेले 9844227155 मा सम्पर्क गर्न सक्नुहुनेछ ।