पंचम अधिकारीको कथा सङ्ग्रह प्रदेशिको देश हुन्न नामक कृतिको आज एक कार्यक्रमकाबीच अन्तरक्रिया गरिएको छ ।
चितवनका वरिष्ठ साहित्यकार गोविन्दराज बिनोदीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा अधिकारीद्वारा लेखिएको कृतिका बारेमा बर्णन गरिएको हो ।
शिखा बुक्स बागबजार, काठमाडौंले प्रकाशनमा ल्याएको उक्त कृतिमा १८० पृष्ठ रहेको छ । भने यो अधिकारीको पहिलो संस्करण हो । तनहुँमा जन्मिएर चितवनमा हुर्किएका पंचम अधिकारी उच्च शिक्षाका लागि काठमाडौं गएका थिए । उनी निकै लामो समय पत्रकारितामा रहेर कलम चलाउदै आइरहेका छन् । अधिकारीले नेपालका सर्वाधिक प्रतिष्ठित प्रिन्ट मिडियाहरु र पछि नेपाल टेलिभिजनसंग आबद्ध भइ काम गरेका थिए ।
उक्त कृतिभित्र सानो सेक्रेट, नेहा, लोकल हिरो, घातक आकर्षण, प्रवासीको देश हुन्न, चालू प्रेमी, तिम्रो लोग्ने, अनि उ भागी, पिकासो केटी, फिरन्ते अनुराग, यो बर्बादी, इपिसेन्टर पालुङटार, इडियट र तिम्री स्वास्नी जस्ता संस्मरणहरु रहेका छन् ।