सामुदायिक सेवा केन्द्र नारायणगढले आज एक कार्यक्रमकाबीच जेहेन्दार तथा उत्कृष्ट बिद्यार्थीहरुका लागि छात्रवृत्ति वितरण गरेको छ ।
समाजसेबी मिना खरेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बिकास समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्नुहुँदै अधिकारीले सामुदायिक सेवा केन्द्र नारायणगढले गरेको कार्य सराहनीय रहेको बताउनुभयो । महिला तथा बालबालिकाका क्षेत्रमा र समाजमा हुने बिकृतिको अन्त्य गराउन सामुदायिक सेवा केन्द्रले खेलेको भूमिकाको सबैले प्रशंसा गर्नुपर्ने बताउनुभयो ।
भरतपुर महानगर क्षेत्रभित्रका एकदेखि १० कक्षासम्मका उत्कृष्ट तथा जेहेन्दार बिद्यार्थीहरुलाई स्टेशनी सामाग्री प्रदान गरिएको हो ।
बि.सं २०६३ मा स्थापना गरिएको संस्था सामुदायिक सेवा केन्द्र नारायणगढ नगर वनमार्ग नारायणी किनारमा अबस्थित छ ।
यस संस्थाले चितवनका विभिन्न क्षेत्रमा भइरहेका अपराध जन्य घटना, महिला तथा बालबालिकाहरुमा हुने हिंसाजन्य घटना आदिका बारेमा वकालत गर्दै आइरहेको छ ।