Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, जेठ ०४, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै


चाप बढेपछि कैदी स्थानान्तरण

व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण हुनेछः उपप्रधानमन्त्री पौडेल

एलिना चाैहानकाे स्वरमा माडीमा धार्मिक भजन सार्वजनिक हुने

आज ३ हजार ५ सय घट्यो सुन

इन्स्पेक्टर र सहायक हवल्दारको जिम्मेवारी खोसियो


नारायणी अनलाइन आजदेखि १२ औं बर्षमा प्रवेश

१४ घण्टापछि खुल्यो बिपी राजमार्ग

लोकप्रिय समाचार

  • १. घर बनाउने मेलाको दोस्रो दिन, सातहजार भन्दा बढीले गरे अवलोकन

  • २. हाम्राे चित्रवन साकाेसद्वारा माडीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालित

  • ३. नारायणगढमा खुल्यो शैक्षिक परामर्श केन्द्र ब्राइट एजुकेशन नेटवर्क

  • ४. १४ घण्टापछि खुल्यो बिपी राजमार्ग

  • ५.

  • ६. नारायणी अनलाइन आजदेखि १२ औं बर्षमा प्रवेश

  • ७.

  • ८. एलिना चाैहानकाे स्वरमा माडीमा धार्मिक भजन सार्वजनिक हुने

  • ९. व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण हुनेछः उपप्रधानमन्त्री पौडेल

  • १०. चाप बढेपछि कैदी स्थानान्तरण

 गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरीको विमति


  •   बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित
  • मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलको नयाँ ऐनको मस्यौदाका लागि सैद्धान्तिक सहमति दिएको ६ महिना बितेको छ । तर अहिलेसम्म विधेयकको मस्यौदाले अन्तिम रूप पाएको छैन ।

    Advertisement

    गृह मन्त्रालयले मस्यौदाका लागि सुझाव दिन सह सचिव झक्कप्रसाद आचार्य नेतृत्वको अध्ययन कार्यदल निर्माण गरेको थियो । कार्यदलले सशस्त्रमा २०९५ सालबाट मात्र ३० वर्षे सेवा अवधि हटाउनुपर्ने निष्कर्षसहितको सुझाव प्रतिवेदन दिएपछि मस्यौदा तयार पार्ने प्रक्रिया झन् अलमलिएको छ ।

    गृहमन्त्री रमेश लेखकलाई गत साउन १७ गते प्रतिवेदन बुझाइएको थियो । सो प्रतिवेदनमा टेकेर गृहका अधिकृतहरू विधेयकलाई अन्तिम रूप दिन जुटिरहेका छन् । तर, मस्यौदाका प्रावधानप्रति सशस्त्र प्रहरीले असन्तुष्टि जनाएको छ ।

    यही कारण गृहका अधिकृतहरू सशस्त्रलाई मनाउने कसरतमा जुटेका छन् । त्यही प्रयोजनका लागि यही भदौ १२ गते सशस्त्रको प्रधान कार्यालय हल चोकमा छलफल आयोजना गरिएको छ । सशस्त्रका निश्चित अधिकृतहरू र आइजिपीसँग छलफल गर्न लागिएको गृह मन्त्रालयका एक उच्च अधिकृतले रातोपाटीलाई जानकारी गराए ।

    सशस्त्र प्रहरी ऐन–२०५८ लाई प्रतिस्थापन गर्ने गरी नयाँ ऐन ल्याउन लागिएको हो । प्रस्तावित नयाँ विधेयकमा विद्यमान सशस्त्रको नियमावलीमा भएका अधिकांश व्यवस्था समावेश गर्ने गरी छलफल अघि बढेको मन्त्रालयको कानुन महाशाखाका सहसचिव भरतमणि रिजालले जनाए ।

    ‘केही विषय टुङ्गिने प्रक्रियामा छ’ उनले रातोपाटीसित भने । मस्यौदा गरिएको विधेयकमा प्रहरी निरीक्षक इन्स्पेक्टरमा भर्ना लिने उमेर हद बढाउने उल्लेख छ । चार वर्षे स्नातक तह लागु भएका कारण इन्स्पेक्टर भर्नाको उमेर हद २७ वर्ष राख्न भनिएको छ ।

    सशस्त्रको विद्यमान ३० वर्षे सेवा अवधि हटाएर उमेरहद र पदावधि लागु गर्न पनि प्रस्ताव गरिएको छ । महानिरीक्षक आइजिपीको उमेर हद ५८ बाट बढाएर ६० वर्ष बनाउने लगभग निश्चित छ ।

    मस्यौदा समितिका एक जना सदस्य भन्छन्, ‘निजामती ऐनको विधेयकमा प्रस्ताव गरेजस्तै हाम्रोमा पनि आइजिपीको उमेर हद ६० वर्ष राख्नुपर्छ भन्ने सहमति भएको छ ।’ अवकाशमा जाने उमेरहद एआईजी र डिआइजीको ५९ वर्ष, एसएसपीको ५८ वर्ष, एसपी र डिएसपीको ५७ वर्ष राख्न प्रस्ताव गरिएको छ ।

    आचार्य कार्यदलले प्रहरी र सशस्त्रमा समान पदावधि बनाउन दिएको सुझाव पनि विधेयकमा समेटिनेछ । सशस्त्र प्रहरी महानिरीक्षकको पदावधि ३ वर्ष, एआईजीको ३ वर्ष, डिआइजीको ५ वर्ष र वरिष्ठ उपरीक्षकको ८ वर्ष बनाउनेबारे मस्यौदाकारहरूबिच छलफल भइरहेको छ ।

    सशस्त्रमा ३० वर्षे सेवा अवधि हटाए पनि तत्काल लागु गर्न नहुने आचार्य कार्यदलको निष्कर्ष छ । अध्ययन कार्यदलले सशस्त्रमा २०९५ सालबाट मात्र ३० वर्षे सेवा अवधि हटाउनुपर्ने राय दिएको छ । अहिलेको सेवा अवधि हटाउँदा खुल्ला प्रतिस्पर्धाबाट आएका इन्स्पेक्टरहरू २७ वर्षसम्म एउटै पदमा बस्नुपर्ने अवस्था सिर्जना हुने गृहका अधिकारीहरूको बुझाई छ ।

      बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      चाप बढेपछि कैदी स्थानान्तरण
      व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण हुनेछः उपप्रधानमन्त्री पौडेल
      एलिना चाैहानकाे स्वरमा माडीमा धार्मिक भजन सार्वजनिक हुने
      आज ३ हजार ५ सय घट्यो सुन
      इन्स्पेक्टर र सहायक हवल्दारको जिम्मेवारी खोसियो

      लोकप्रिय

      • १.
        लोसपा चितवनको सचिबमा २४ वर्षका रामप्रसाद ढकाल

      • २.
        “ममता मानवता र महानताकी प्रतीक आमा र 

      • ३.
        बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

      • ४.
        खगेरी सिंचाइलाई व्यवस्थित गर्दै नारायणी लिफ्टलाई बैकल्पिक

      • ५.
        बजेटमार्फत जनतालाई राहत दिनुपर्छः सचेतक पाण्डे

      • ६.
        माडीको बगही बसपार्क अझै व्यवस्थित बन्न सकेन

      भर्खरै

      • १.

      • २.
        चाप बढेपछि कैदी स्थानान्तरण

      • ३.
        व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण हुनेछः उपप्रधानमन्त्री पौडेल

      • ४.
        एलिना चाैहानकाे स्वरमा माडीमा धार्मिक भजन सार्वजनिक हुने

      • ५.
        आज ३ हजार ५ सय घट्यो सुन

      • ६.
        इन्स्पेक्टर र सहायक हवल्दारको जिम्मेवारी खोसियो

      • ७.

      • ८.
        नारायणी अनलाइन आजदेखि १२ औं बर्षमा प्रवेश

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.