स्कोव ट्रेनिङ सेन्टर पश्चिम चितवनले बिद्यार्थीहरुलाई जलवायु परिवर्तन सम्बन्धि वक्तृत्वकला गराएको छ । स्कोवले आज एक कार्यक्रमकाबीच कक्षा १ देखि १० सम्म अध्यनरत बिद्यार्थीहरुलाई उक्त विषयकमा वक्तृत्वकला गराएको हो ।
स्कोव ट्रेनिङ सेन्टर संस्था पश्चिम चितवनका वरिष्ठ उपाध्यक्ष तमबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्कोव ट्रेनिङ सेन्टर संस्था पश्चिम चितवनका वरिष्ठ सल्लाहकार एवं संरक्षक बेलबहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई संवोधन गर्नुहुँदै गुरुङले जलवायु परिवर्तन र यसको न्यूनीकरणमा खेल्न सकिने भूमिकाको बारेमा बिद्यार्थीसंग भएको ज्ञान् बुझ्नको लागि प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
बिद्यार्थीको व्यक्तित्व बिकासमा समेत यो कार्यक्रम फलदायी हुने गुरुङले बिश्वास व्यक्त गर्नुभयो ।
गितानगर, मेघौली, चनौली, शिबनगर, देवनगर, शारदानगर र माडी लगायत पश्चिम चितवनका विभिन्न संस्थागत बिद्यालयका झन्डै १३ वटा बिद्यालयका विद्यार्थीको सहभागीता रहेको स्कोवका कोषाध्यक्ष यम बहादुर पौडेलले जानकारी दिनुभयो ।
यसअघि स्कोव संस्थाले एसईइमा पश्चिम चितवनका ३२ निजि बिद्यालय अन्तर्गत ए प्लस ल्याउने विद्यार्थीलाई सम्मान गरेको थियो । ३.३६ भन्दा बढी जिपिए ल्याउने २३ जना छात्रा र १० जना छात्रलाई नगद सहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरेको हो