चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिएको छ ।
आज (शुक्रबार) दिउँसो पौने २ बजे भरतपुर महानगरपालिका २९ सत्रकिलोमा रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिनुभयो ।
अचानक बसमाथि ढुंगा खसेपछि चालक आत्तिँदा बस अनियन्त्रित भएर पल्टिएको हो । बसमा सवार २५ जना यात्रु घाइते छन् । घाइतेको उद्धार गरी उपचारको लागि भरतपुरका विभिन्न अस्पताल ल्याइएको रिजालले जानकारी दिनुभयो । बसमा करिब ३०/३५ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको बसमा समेत क्षति पुगेको छ । बस दुर्घटनापछि केहिबेर सडक अवरूद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवन, जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट प्रहरीको टोली उद्धारमा खटिएको थियो ।
घाइतेहरूको विवरणभरतपुर अस्पतालमा उपचाररत :–१. बारा जिल्ला निजगढ नगरपालिका वडा नं.८ बस्ने वर्ष २६ कि सविना थापा (सामान्य)२. रौतहट जिल्ला चन्द्रनिगाहापुर ८ बस्ने वर्ष ४६ का जनकनारायण चौधरी (मध्यम)३. जनकनारायण चौधरीका छोरा वर्ष १८ का इन्द्रजीत चौधरी (सामान्य)४. रौतहट जिल्ला गौर नगरपालिका २ बस्ने वर्ष १७ की सन्ध्या साह (मध्यम)५. चितवन जिल्ला भरतपुर महानगरपालिका २९ बस्ने वर्ष २७ कि पूजा न्यौपाने (मध्यम)६. चितवन जिल्ला भरतपुर महानगरपालिका २९ बस्ने वर्ष ४८ कि मनरूपा न्यौपाने (मध्यम)७. कास्की जिल्ला पोखरा महानगरपालिका १७ बस्ने वर्ष ४० कि सावित्री थापामगर (मध्यम)
पुरानो मेडिकल कलेजमा उपचाररत :–१. रौतहट जिल्ला कटहरिया नगरपालिका १ बस्ने वर्ष २५ का सिनोज दास (सामान्य)२. रौतहट जिल्ला मङ्गलपुर ८ बस्ने वर्ष २० का लालबाबु दास (सामान्य)३. रौतहट जिल्ला वृन्दावन नगरपालिका ६ बस्ने वर्ष २२ का बिक्रम दास (सामान्य)४. बारा जिल्ला निजगढ नगरपालिका ५ बस्ने वर्ष ४३ का अर्जुन चौलागाईँ (सामान्य–बसका सहचालक)५. रौतहट जिल्ला गरूडा नगरपालिका ४ बस्ने वर्ष २० का पवन साह (सामान्य)६. रौतहट जिल्ला गरूडा नगरपालिका ७ बस्ने वर्ष १५ का अनोस साह (सामान्य)७. बारा जिल्ला जीतपुर सिमरा उपमहानगरपालिका १ बस्ने वर्ष २४ की उन्नती उपाध्याय (मध्यम)८. उन्नती उपाध्यायका श्रीमान् अनदीप धिताल (सामान्य)
चितवन मेडिकल कलेजमा उपचाररत :–१. रौतहट जिल्ला गढीमाई नगरपालिका ६ बस्ने वर्ष ४८ का शैलेन्द्र यादव (गम्भीर)२. शैलेन्द्र यादवकी छोरी वर्ष १८ की अर्चना यादव (गम्भीर)३. रौतहट जिल्ला वृन्दावन नगरपालिका ६ बस्ने वर्ष २१ का दीपेश दास (सामान्य)४. रौतहट जिल्ला वृन्दावन नगरपालिका ६ बस्ने वर्ष २२ का दिनानाथ दास (सामान्य)५. रौतहट जिल्ला परोहा नगरपालिका ७ बस्ने वर्ष ३४ का मोहम्मद खैयाज (सामान्य)६. रौतहट जिल्ला वृन्दावन नगरपालिका ६ बस्ने वर्ष १७ को नौराजकुमार साह (सामान्य)७. रौतहट जिल्ला गौर नगरपालिका ५ बस्ने वर्ष ५० को नविनकुमार केसरी (सामान्य)८. रौतहट जिल्ला वृन्दावन नगरपालिका ६ बस्ने वर्ष १८ का अजयकुमार दास (सामान्य)९. रौतहट जिल्ला गौर नगरपालिका ९ बस्ने वर्ष २१ की ढली ठाकुर (मध्यम)१०. ढली ठाकुरकी बहिनी वर्ष २० की दिव्या ठाकुर (सामान्य)