नेपाल इन्जिनियर्स एसोसिएसन (ने.ई.ए)को आगामी भदौ २८ गते चितवनमा निर्वाचन हुने भएको छ ।
केन्द्र र प्रदेशको निर्वाचन सोहीदिन चितवन सहित विभिन्न जिल्लामा हुन लागेको हो । ३४ औं केन्द्रीय कार्यकारिणी समिति र तेस्रो प्रादेशिक समितिको नयाँ कार्यसमिति चयनका लागि दुवै तहका (नेपाली कांग्रेस निकट) इन्जिनियरहरुले छलफलका लागि उपस्थिति जनाएका हुन् ।
बि.स. २०१९ मा स्थापना भएको नेपाल इन्जिनियर्स एसोसिएसन संस्थाले इन्जिनियरहरुको हकहित र अधिकारको लागि वकालत गर्दै आइरहेको छ ।
केन्द्रतर्फ अध्यक्ष पदका लागि इ. सुवास चन्द्र बराल उपाध्यक्ष पदका लागि इ. प्रकाश के.सी. महासचिव पदका लागि इ. विनोद प्रकाश पण्डित उपमहासचिव पदका लागि इ. अनिल मानन्धर कोषाध्यक्ष पदका लागि इ. सुमन थापा र सह-कोषाध्यक्ष पदका लागि इ. कृष्ण प्रसाद पोख्रेलको उम्मेदवारी परेको छ ।
ता, बागमती प्रदेश तर्फ सभापति पदका लागि इ. बलराम पुडासैनी उपसभापति पदका लागि इ. बिभुषण चालिसे सचिव पदका लागि इ. विवेक श्रेष्ठ सहसचिव पदका लागि इ. दिपक भट्ट र कोषाध्य पदका लागि निर्मला लामा (तामाङ)को उम्मेदवारी परेको छ ।
त्यस्तै बागमती प्रदेशको केन्द्रीय सदस्य पदका लागि इ. मेघनाथ ढकालले समेत उम्मेदवारी दिनुभएको इ. बिभेष सिंहले जानकारी दिनुभयो । भने अन्य पदाधिकारीहरुले सदस्य पदका लागि उम्मेदवारी दिनुभएको छ ।
भरतपुरमा (मंगलबार) एक कार्यक्रमकाबीच उम्मेदवार र मतदाताबीच परिचयात्मक गराइएको हो । देशका सातवटै प्रदेश र केन्द्रमा नयाँ कार्यसमिति चयनका लागि बागमती प्रदेश र केन्द्रका सबै पदाधिकारीहरुबीच बृहत भेला गराइएको इ. बिभेष सिंहले जानकारी दिनुभयो ।
अब बन्ने नयाँ कार्यसमितिले मुलतः नेपाल इन्जिनियर्स एसोसिएसनको सबलिकरण, क्षमता अभिवृदी तथा पेशागत सहयोग, एकता, सहकार्य तथा गुणस्तर सहितको सामाजिक आदर्श निर्माण र हकहितको संरक्षण र पैरवी आदि कार्यहरु संस्थाले गर्दै आइरहेको प्रादेशिक समितिका महासचिव पदका उम्मेदवार विनोद प्रकाश पण्डितले जानकारी दिनुभयो ।