मध्ये नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफएम, टिभि कालिका र महाकालेश्वर शिवालय मन्दिरको संयुक्त आयोजनामा बृहत तीज गीत प्रतियोगिता हुने भएको छ ।
सदाका बर्षझैं यस बर्षपनि कालिका मिडियाले बृहत तीज विशेष प्रतियोगिता आयोजना गरेको हो । भदौ २१ गते हरितालिका तीजकादिन हुने प्रतियोगितामा हालसम्म झन्डै २२ वटा टिमले नाम दर्ता गराइसकेका छन् ।
स्थापनाकालदेखि धर्म संस्कृति र रितिरिवाजको संरक्षणमा लाग्दै आइरहेको कालिका एफएमले यस बर्षपनि मौलिक गीतलाई नै प्राथमिकता दिएको कालिका एफएमका स्टेशन म्यानेजर दिपक पौडेलले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागी समूहले कम्तीमा ५ मिनेट र बढीमा ७ मिनेटको समयभित्र गीत गाइसक्नुपर्ने हुन्छ । प्रतियोगितामा समसामयिक परिवेश सुहाउँदो वातावरण र मौलिक तथा सांस्कृतिक पहिचान झल्किने गीतहरुलाई मात्रै स्थान दिएको पौडेलले बताउनुभयो ।
एक समूहमा कम्तीमापनि ५ देखि १० जनासम्म मिलेर गीत गाउन सकिनेछ । प्रतियोगितामा सहभागी मध्येबाट उत्कृष्ट श्रेणी प्राप्त गर्ने समूहलाई नगद सहित सम्मान गरिनेछ ।
प्रथम पुरस्कार रु. २५ हजार दोस्रो पुरस्कार रु. २० हजार तेस्रो पुरस्कार रु. १५ हजार र सान्त्वना पुरस्कार रु. ५ हजार प्रदान गरिने एफएमले जनाएको छ । प्रतियोगितामा भागलिन सबै दिदिबहिनी र आमा समूहलाई रेडियोले अनुरोध गरेको छ । उक्त बृहत तीज गीत प्रतियोगिताको कालिका एफएम ९५.२ मेघाहर्ज, कालिका एफएम ९१ मेघाहर्ज र टिभि कालिकाबाट समेत कार्यक्रमको दिनैभर प्रत्यक्ष प्रसारण हुनेछ ।