राप्रपा सहमहामन्त्री एवं पूर्व बागमती प्रदेशसभा सदस्य रिना गुरुङले नेपालको इतिहासमामा भुपु सैनिकले खेलेको भूमिका महत्त्वपूर्ण भएको बताउनुभएको छ ।
Advertisement
नेपाल राष्ट्रिय भुतपूर्व सैनिक तथा श्रीमती संघ भरतपुर १५ फुलबारीले आयोजना गरेको तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नुहुँदै नेतृ गुरुङले यस्तो बताउनुभएको हो ।
देश तथा बिदेशमा छरिएर रहनुभएका सम्पुर्ण नेपाली दिदिबहिनीहरुलाई शुभकामना दिनुहुँदै उहाँले भुपु सैनिकलाई अबकाशप्राप्त पछि राज्यले राम्रो सेवा सुबिधा दिनुपर्ने बताउनुभयो ।
पूर्व बागमती प्रदेशसभा सदस्य समेत रहनुभएकी नेतृ गुरुङले तीजका नाममा आएका विकृतिलाई अन्त्य गर्दै मौलिक परम्पराको जगेर्नामा जोड दिनुपर्ने बताउनुभयो । समाजको परिवर्तनकारी भूमिकामा भुपु सैनिक र श्रीमतीले खेलेको भूमिका चाहेरपनि बिर्सिन नसकिने बताउनुभयो ।
शनिबार, भदौ १५, २०८१
मा प्रकाशित