भरतपुर फुटबल क्लबको आयोजनामा गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्ड कप २०२४ हुने भएको छ ।
खेल यही असोज ३ गतेदेखि १२ गते सम्म भरतपुर १० स्थित प्रहरी तालिमकेन्द्र परिसरमा हुनेछ । चितवन जिल्लाकै सर्वाधिक धनराशी रहेको यस प्रतियोगितामा प्रथम हुने टिमले रु. ६ लाख रुपैयाँ द्वितीय हुने टिमले रु. ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई समेत पुरस्कारको व्यवस्था गरिएको चितवन गोल्डकपका संयोजक ध्रुव भुसालले जानकारी दिनुभयो ।
पहिलो संस्करण जस्तै दोस्रो टिममापनि १० टिम सहभागी हुनेछन् । जसमा नेपालको शिर्ष लिग ९ ए डिभिजन र नेपाल सुपर लिग ० खेल्नेसंगै मोफसलका उत्कट टिमहरु सहभागी हुनेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब ५५ लाख रुपैयाँ लाग्ने खर्चको अनुमान आयोजकले गरेको छ ।
यसको मुख्य स्रोत स्पोन्सर र टिकट नै हो । भने यसको मुख्य प्रायोजन गोल्डेन इमिनेन्टले गरेको छ । करिब ४० हजार दर्शकले खेलको अबलोकन गर्ने समेत आयोजकले बिश्वास लिएको छ ।