हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर–११, चितवनले गत आर्थिक वर्षमा २ करोड ६७ लाख ६३ हजार ६५९ रुपैयाँ मुनाफा गरेको छ ।
संस्थाको २९ औं वार्षिक साधारण सभा अन्तर्गत माडी सेवाकेन्द्रको एकाइ सभामा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को प्रगति प्रतिवेदन अनुसार २ करोड ६७ लाख ६३ हजार ६५९ रुपैयाँ मुनाफा रहेको उल्लेख छ ।
हाम्राे चित्रवन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा जिल्लाभर ९ वटा सेवाकेन्द्र सञ्चालित छन् भने माडीको बसन्तपुरमा नवौं सेवाकेन्द्र रहेको छ । सो संस्थामा गत आर्थिक वर्षको अन्त्य सम्ममा ११ हजार १९९ शेयर सदस्य रहेका छन् भने जगेडा कोष ९ करोड ७० लाख ५६ हजार ४६६ रहेको प्रतिवेदनमा उल्लेख छ ।
माडी भिलेज रिसोर्टमा आज सम्पन्न बसन्तपुर सेवाकेन्द्रको एकाइ सभामा संस्थाका अध्यक्ष तेजेन्द्रबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यस्तै, माडी नगरपालिकाको नगरप्रमुख ताराकुमारी काजी महतोको प्रमुख आतिथ्यता रहेको थियो ।