सामुदायिक रेडियो माडीको पाँचौं अधिवेशन तथा साधारणसभाकाे अवसरमा सञ्चारकर्मी, हास्य व्यङ्ग्य कलाकार एवं शिक्षक समेत रहनुभएका भुपराज पाठक हिरामती देवकोटा स्मृती पत्रकारिता पुरस्कारबाट नगद रू. १० हजार सहित सम्मान पत्रले सम्मानित हुनुभएको हाे ।
Advertisement
रेडियाेमा करिब १ दशक आवद्ध रहेर ब्रेल लिपीबाट समाचार बाचन गरी अन्तराष्ट्रिय किर्तीमानी राख्न सफल, ‘यस्मै छ मजा’ जस्ता लोकप्रिय हास्य कार्यक्रम एवम् जनचेतनामूलक र समाचार मूलक कार्यक्रमहरु बाचन गरि पाठकले सञ्चार क्षेत्रमा याेगदान दिनुभएकाे थियाे ।