आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत बाढी पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको एक सय ६१ जनाको सकुशल उद्धार गरेको गृह मन्त्रालयले जनाएको छ ।
Advertisement
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले आज बिहान सम्म काभ्रेपलान्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभयाे ।
शनिबार नै त्यहाँ हेलिकप्टर पठाइए पनि उद्धार गर्न सकिएको थिएन। काभ्रेपलान्चोकमा अहिले नेपाली सेनाका तीन वटा हेलिकप्टरले उद्धार जारी राखेको छ।
मन्त्रालयका अनुसार बाढी पहिरो र डुबानबाट हालसम्म १०७ जनाको मृत्यु, ६४ जना बेपत्ता र ७३ जना घाइते भएका छन्।