पुर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगि प्रकरणमा कानुन बमोजिम हुने कुनैपनि कारवाही नराेकि संसदीय छानविन समिति बनाउन आवाज उठाएको बताउनुभएकाे छ ।
नारायणी नदीको तटबन्धको अवलोकन गर्न चितवन आएको बताउनुभएका उहाँले प्रेस सेन्टर चितवनको आयोजनामा आइतबार भरतपुर विमानस्थलमा भएको पत्रकार सम्मेलनमा बाेल्दै
” सहकारी ठगि प्रकरणमा जाेडिएका राष्ट्रिय स्वतन्त्र पार्टिकत सभापति रवि लामिछानेलाई बचाउनको लागि तपाईले प्रयास गरिरहनुभएको हाे ?” भन्ने पत्रकारहरुको प्रश्नकाे जवाफ दिंदै, “कानुन बमोजिम हुने कुनैपनि कारवाहीलाई मैले रोक्ने कुरै हुदैन, बरु मैले नै संसदीय छानविन समिति बनाउनुपर्छ भनेर आवाज उठाएको” बताउनुभयो ।
देशमा पीडा भइरहेको अवस्थामा मैंले धेरै कुरा गर्नु उचित हुँदैन तर वर्तमान सरकारले नेपाली जनतालाई पीड भएको अवस्थामा आवश्यक काम गर्न नसकेको जानकारी दिनुभयो ।
त्यस्तै, पत्रकारहरुले सोधेको फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले बालेन र हर्क साङ्पाङ्ले चुनाव जित्दा मैले लोकतन्त्रका सुन्दर फूलहरु मौलाएको भनेको थिएँ। अहिले पनि मेरो धारणा त्यही नै रहेको बताउनुभयो ।
सोमवार बिहानैदेखि कार्यकर्ता भेटघाट र विकास निर्माणको अवलोकन गर्दै जनताका घर दैलोमा पुग्ने योजना रहेको प्रेस सेन्टर चितवनका अध्यक्ष सूर्य पाठकले जानकारी दिनुभयो ।