भरतपुरकाे निर्माणाधिन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाकाे काम दशैं र तिहार, छठ जस्ता चाडपर्वमा समेत जारी रह्याे ।
Advertisement
रङ्गशालाकाे निर्माण सम्झौता भएको ४ महिनामा ११ प्रतिशत काम सकिएको हाे । गत श्रावण तेस्रो हप्ताबाट निर्माण कार्यकाे थालनि भएकाे थियाे । झण्डै ३ बर्षसम्म रोकिएको रंगशालाको काम अगाडि बढाउन हिमालयन कालीञ्चोक बीबीआर जेभीसँग गत असार २३ गते सम्झौता भएको थियो ।
निर्माण कम्पनीका साइट इन्चार्ज विजय ढकालका अनुसार रंगशालाको भीआईपी प्यारापिट टावर बनाउने काम सुरु गरिएको छ । साढे दुई तलाको हुने दुईवटा भीआईपी टावरको जमिन ढलान तथा पिलर उठाउने काम सकिएको छ ।
छठ पर्वमा धेरैजसाे कामदारहरू विदामा रहेकाेले छठलगत्तै दुई सिफ्टमा काम गरेर दुई प्यारापिटमा अलग अलग काम हुने ढकालले जानकारी दिनुभयाे ।