राप्रपा सहमहामन्त्री रिना गुरुङले राजसंस्थाको पुरानो इतिहास जबर्जस्त मेटाउन खोजिएकोप्रति आपत्ति जनाउनुभएको छ ।
देशको बिकासमा राजा महेन्द्रले खेलेको भूमिकाको स्मरण गर्दै उहाँले राजसंस्था नै यो देशको बिकासको प्रमुख आधार भएको बताउनुभयो ।राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन माडीको नगर अधिबेशनलाई सम्बोधन गर्नुहुँदै नेतृ गुरुङले सो कुरा बताउनुभएको हो ।
उहाँले भरतपुर १५ मा निर्माण गर्न लागिएको राजा महेन्द्रको शालिक भत्काइनु दुखद भएको बताउनुभयो । देशको बिकास र सुशासनमा जोडदिन राप्रपा सदैव अगाडि बढेको तर्क गर्नुभयो । राजनीतिक बिरासत जोगाउन मात्रै नभई संरचनाको निर्माण र बिकासको संरक्षण गर्न राप्रपा निरन्तर लागि परेको समेत उल्लेख गर्नुभयो ।
सरकार परिवर्तनको खेलमा लागेका ठुला पार्टीका नेताहरूकै कारण देशको हालत झनझन बिग्रदै गएको बताउनुभयो । स्वदेशमा भएका पुराना उद्योगधन्दाको बिनास र नयाँ उद्योगको बिकास गराउन नसक्दा युवा बिदेशीनुपरेको दुखेसो पोख्नुभयो ।
उहाँले सबै नेता कार्यकर्तालाई ढुक्क भएर संगठन निर्माणमा समेत जोडदिन आह्वान गर्नुभयो ।