चितवन क्षेत्र नं. ३ का सांसद एवं पूर्वमन्त्री बिक्रम पाण्डेले ठुला माछालाई नभई साना माछालाई मात्र पक्रने काम सरकारले गरेको बताउनुभएको छ ।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन माडीको नगर अधिबेशनलाई सम्बोधन गर्नुहुँदै पूर्वमन्त्री पाण्डेले सो कुरा बताउनुभएको हो ।
देशमा बढ्दो भ्रष्टाचार मौलाउदै गएको भन्दै पूर्वमन्त्री पाण्डेले अरु दललाई छाडेर राप्रपालाई नै रोज्न र पाँच बर्षको लागि देशको जिम्मा दिन समेत आग्रह गर्नुभयो ।
एमाले, काँग्रेस र माओवादीप्रति कटाक्ष गर्दै उहाँले देश यिनै दलका कारण नबनेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
राप्रपाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका पूर्वमन्त्री पाण्डेले आफू सधैं निरन्तर जनताकै सेवामा तल्लीन भएको जिकिर गर्नुभयो । पछिल्लो समय चर्चामा आउनका लागि बोल्ने मात्र फेसबुके राजनीति भएको भन्दै उहाँले यो नै देश र राजनीतिको घातक भएको बताउनुभयो ।
माडीमा बिकासको सुरुवात आफैंले गरेको भन्दै उहाँले सडक, बिजुली, खानेपानी, प्रशासन र नापी कार्यालय समेत ल्याएको दाबी गर्नुभयो