संघिय सांसद, पूर्व मन्त्रि एवं राष्ट्रिय प्रजातन्त्र पार्टिका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले माडीमा भएका विकास निमार्णका काममध्ये ८० प्रतिशत काम राष्ट्रिय प्रजातन्त्र पार्टिले गरेको बताउनुभएको छ ।
Advertisement
राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनको माडी नगर अधिवेशनको क्रममा माडी आउनु्भएका पाण्डेले सो कुरा बताउनुभएको हो ।
उहाँले, नेकपा माओवादि केन्द्रतर्फ इंगित गर्दै बाँदरमुढेमा बम पड्काएको पार्टी, माडीका युवाहरुलाई काटेर, रेटेर मार्ने र देशभर १७ हजार मान्छे मारेको पार्टी रहेकोले त्यस्तोसंग होसियार रहनुपर्ने आरोप लगाउनुभयो ।
माडी भिलेज रिसोर्टमा भएको उक्त कार्यक्रममा बोल्दै पाण्डेले माडीबासीलाई चितवन राष्ट्रिय निकुञ्ज भित्र सुरुङ मार्ग र आकाशे पुलको आश्वासन मात्रै बाँडिएको बताउनुभयो ।