नयाँ सृष्टि महिला समाज चितवन भरतपुर ११ ले आयोजना गरेको ३ दिने सीप मुलक तालिम आज सम्पन्न भएको छ ।
नयाँ सृष्टि महिला समाज चितवनकी अध्यक्ष चन्द्रकुमारी खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल वयन टू वाटरका निर्देशक रोशनी कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष कार्कीले महिलालाई सीप मुलक आयआर्जन र उद्यमशिलतामा जोड्न नयाँ सृष्टि महिला समाजले खेलेको भूमिका अत्यन्त सराहनीय भएको बताउनुभएको छ ।
महिलाका लागि बहुउपयोगी र दिनहुुँ प्रयोगमा आउने (टप, चुरा, औंठी र नेक्लेश आदि) बनाउने तालिमले रोजगारी प्रबर्द्धनमा ठुलो टेवा पुग्ने बिश्वास कार्कीले व्यक्त गर्नुभयो ।
यसैगरी नयाँ सृष्टि महिला समाज चितवनकी अध्यक्ष चन्द्रकुमारी खड्काले तीनदिन सम्म संचालित सो तालिम अत्यन्त बहुउपयोगी र महत्त्वपूर्ण भएको बताउनुभयो । समाजमा अझैपनि महिलाहरु चुलोचौकोमा नै सिमित भएको उल्लेख गर्दै खड्काले यसलाई चिर्न आफूहरुले महिलाका लागि सीपका कार्यक्रमहरु ल्याएको बताउनुभयो ।
समाजले एकल महिला, सीमान्तकृत तथा अल्पसंख्यक वर्गका बिपन्न महिलाका लागि समेत सिपमुलक तालिम र रोजगारी दिलाउदै आएको समेत उल्लेख गर्नुभयो ।
बि.स. २०६७ सालमा स्थापना गरिएको सो संस्थाले क्षमता अभिबृदी, उद्घोषण तालिम, सिलाईकटाई, कुसनको तालिम, हस्तकलाका सामाग्री निर्माण र मैन, अगरबत्ती आदि बनाउने तालिम समेत दिएको संस्थाकी कोषाध्यक्ष लक्ष्मीप्रभा पन्तले जानकारी दिनुभयो ।
३५ जना सहभागी भएको कार्यक्रममा पुष्पा कार्की, लक्ष्मीप्रभा पन्त र मञ्जु न्यौपानेले विभिन्न सीप सम्बन्धि तालिम दिनुभएको थियो ।