माडीकाे बैकुण्ठधाममा मंसिरकाे चिसाे भाग्ने गरि धमाकेदार दाेहाेरी चल्ने भएकाे छ ।
बाला चतुर्दशी बैकुण्ठेश्वर मेला-२०८१ मा चर्चित राष्ट्रिय कलाकारहरू जि.बी. सुनार र सम्झना रनपालकाे धमाकेदार लाइभ दाेहाेरी साथै बैकुण्ठेश्वर मेलामा आउनुहुने दर्शनार्थी एवं दर्शकरूकाे उपस्थितले मंसिरकाे चिसाे विर्सने गरि भरपुर मनाेरञ्जन प्राप्त हुने भएकाे हाे । त्यस्तै, अन्तर माडी युवा तथा भेट्रान भलिबल प्रतियाेगितामा उत्कृष्ट सटले युवाहरूकाे अझ ध्यान तान्ने छ ।
बालाचर्तुदशीमा माडीकाे बैकुण्ठ क्षेत्रमा मेलाका साथै बैकुण्ठ स्नान गर्न र सतबीज छर्न माडीसंगै जिल्लाका विभिन्न स्थानहरूबाट दर्शनार्थीहरुकाे बाक्लाे उपस्थिती हुने गर्दछ ।
यसैबिच, बैकुण्ठ तालमा डुबेर निधन भएकाहरूकाे आत्माकाे चिर शान्तिकाे कामना गर्दै आज (शुक्रबार) स्वस्ति शान्ति एवं हवन पूजा समेत गरिएकाे छ । #PRD810814