नेपाल पत्रकार महासंघको चितवन जिल्ला कार्यसमिति अध्यक्षमा वसन्त पराजुली चयन हुनुभएकाे छ ।
Advertisement
नेपाल पत्रकार महासंघको चितवन जिल्ला कार्यसमिति पदाधिकारी चयनकाे लागि आज भएकाे निर्वाचनमा अध्यक्षकाे दाबेदार रहनुभएका पराजुलीले १३२ मत ल्याउँदा अर्का दाबेदार प्रकाश ज्ञावालीले ९० मत प्राप्त गर्नुभयाे ।
पराजुली नेपाल प्रेस युनियन र प्रेस चाैतारी नेपाल चितवनकाे संयुक्त प्यानलबाट अध्यक्षमा उम्मेद्वारी दिनुभएकाे हाे ।
त्यस्तैगरि, नेपाल पत्रकार महासंघ चितवन जिल्ला कार्यसमितिकाे उपाध्यक्षमा दिपेन्द्र अधिकारी, महिला उपाध्यक्षमा शान्ता अधिकारी, सचिवमा राजेश घिमिरे र कार्यसमिति सदस्यमा सुनिल श्रेष्ठ र सराेज उपरकाेटि यसअघि नै निर्विराेध चयन हुनुभएकाे थियाे । #PRD810828