साहित्य संगम चितवनद्वारा आयोजित प्रगतिवादी कवि युद्धप्रसाद मिश्रको ११७ औं जन्मजयन्तीका अबसरमा साहित्य स्रस्ताहरुलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरूमा चितवनकी वरिष्ठ अधिबक्ता एवं साहित्यकार तथा राजनीतिक बिश्लेषक सामाजिक अभियन्ता सरिता तिवारी साहित्यकार गोविन्दराज बिनोदी र चिरञ्जीवी दाहाल सम्मानित हुनुभएको छ ।
उहाँहरुलाई साहित्य संगम चितवनले नेपाली साहित्यका क्षेत्रमा पुराएको योगदानको कदर गर्दै नगद सहित सम्मान गरेको हो ।
साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा प्रगतिवादी कवि युद्धप्रसाद मिश्रको ११७ औं जन्मजयन्ती मनाइएको हो ।
कार्यक्रममा बोल्दै भरतपुर प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं साहित्य संगम चितवनका वरिष्ठ सल्लाहकार इन्द्रप्रसाद रेग्मीले नेपाली साहित्य बिधामा प्रगतिवादी कवि युद्धप्रसाद मिश्रको बिशिष्ट योगदान रहेको बताउनुभयो । यसैगरी उहाँले सम्मानित व्यक्तित्वहरुलाई शुभकामना समेत दिनुभयो ।