Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शुक्रबार, जेठ ०३, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै


चाप बढेपछि कैदी स्थानान्तरण

व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण हुनेछः उपप्रधानमन्त्री पौडेल

एलिना चाैहानकाे स्वरमा माडीमा धार्मिक भजन सार्वजनिक हुने

आज ३ हजार ५ सय घट्यो सुन

इन्स्पेक्टर र सहायक हवल्दारको जिम्मेवारी खोसियो


नारायणी अनलाइन आजदेखि १२ औं बर्षमा प्रवेश

१४ घण्टापछि खुल्यो बिपी राजमार्ग

लोकप्रिय समाचार

  • १. घर बनाउने मेलाको दोस्रो दिन, सातहजार भन्दा बढीले गरे अवलोकन

  • २. हाम्राे चित्रवन साकाेसद्वारा माडीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालित

  • ३. नारायणगढमा खुल्यो शैक्षिक परामर्श केन्द्र ब्राइट एजुकेशन नेटवर्क

  • ४. १४ घण्टापछि खुल्यो बिपी राजमार्ग

  • ५.

  • ६.

  • ७. नारायणी अनलाइन आजदेखि १२ औं बर्षमा प्रवेश

  • ८. एलिना चाैहानकाे स्वरमा माडीमा धार्मिक भजन सार्वजनिक हुने

  • ९. व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण हुनेछः उपप्रधानमन्त्री पौडेल

  • १०. चाप बढेपछि कैदी स्थानान्तरण

नेता रामकृष्ण घिमिरेको राजनीतिक यात्रा


  •   शुक्रबार, माघ १८, २०८१ मा प्रकाशित
  • नेपाली राजनीतिमा रामकृष्ण घिमिरे चिरपरिचित नाम हो । वि.स. २००९ सालमा लमजुङमा जन्मनुभएका घिमिरे वि.स. २०२५ सालदेखि नेपाली राजनीतिमा सक्रिय भएर लाग्नुभयो ।

    Advertisement

    विद्यार्थीकालीन समयमा नेपाली काँग्रेसबाट नै आफ्नो राजनीति यात्रा थालनी गर्नुभएका घिमिरे खासगरी विपिबाट प्रभावित भएर राजनीतिमा लागेको बताउनुभयो । वि.स. २०३० सालमा आफूले पहिलो पटक विपिलाई भेटेको अनुभव घिमिरेले सुनाउनुभयो । विपिलाई स्वागत गरेको भन्दै ३३ सालमा नेता रामकृष्ण घिमिरे जेल पर्नुभयो । तीन बर्ष लामो जेल जीवन बिताएर फेरी उहाँ राजनीतिमा नै लाग्नुभयो । यसै विषयमा हामीले उहाँसंंग गरेको संवाद

    यहाँलाई हार्दिक स्वागत छ, पारदर्शी अनलाइन डटकममा ?

    धन्यवाद अजित जि !

    आराम हुनुहुन्छ ?

    आराम छु अजित जि !

    आजकल केकाममा बढी व्यस्त हुनुहुन्छ ?

    अजित जि ! हामी राजनीतिज्ञ खासगरी सामाजिक तथा राजनीतिक काममा नै बढी व्यस्त  हुनुपर्छ । जुनदिनदेखि म राजनीति यात्रामा पाइला चाले त्यसैदिनदेखि व्यस्त नै छु ।

    राजनीति यात्रा तपाईंलाई कस्तो लाग्दैछ ?

    अजित जि ! म विद्यार्थी समयमा नै राजनीतिमा क्रियाशिल भएको हुँदा मेरो भित्री मनबाट नै दृढ अठोटका साथ लागेको हुँदा म मेरो राजनीति यात्राप्रति अत्यन्त खुशी छु । विभिन्न आरोह अबरोह झेल्दै पारगर्दै विभिन्न जेलनेल भोग्दै यहाँसम्म आइपुगे यो बीचमा पार्टीको थुप्रै जिम्मेवारी पदमा काम गर्ने सुअवसर समेत प्राप्त गरें । त्यो संगै चितवनको सांसद समेत भए । त्यसैले मेरो राजनीति यात्रा मलाई नराम्रो कहिल्यैं लागेन ।

    राजनीतिमा खासगरी तपाईं को बाट प्रभावित हुनुभयो ? फेरी कांग्रेसमा नै किन आबद्ध हुनुभयो ?

    म मेरा साथीभाइ, आफन्त, नातागोता सबैबाट प्रभावित भए । त्यो समय सबै कांग्रेसमा हुनुहुन्थ्यो त्यसले झनै प्रभाव पार्यो । फेरी म सबैभन्दा बढी विपिबाट प्रभावित थिए । संयोगले उहाँलाई भेट्ने अबसर समेत मिल्यो । म विपिको शालीनता राजनीतिप्रति उहाँको निष्ठा बुझेर नै राजनीतिमा लागिरहे ।

    गिरिजाबाबु र किशुनजीबाट कत्तिको प्रभावित हुनुभयो ?

    गिरिजाबाबु र मेरो किशुनजीसंग राम्रो चिनजान र सम्बन्ध थियो । हामी असाध्यै मिल्थ्यौं । किशुनजी असाध्यै त्यागी नेता हुनुहुन्थ्यो । उहाँ पहिले पत्रकारिता गर्नुहुन्थ्यो । बिस्तारै पत्रकारिता हुँदै राजनीतिमा आउनुभयो । यसो भन्दैगर्दा राजनीतिमा गिरिजाबाबुको फेरी देन हैन भन्न खोजेको होइन । उहाँपनि असाध्यै दुरदर्शी नेता हुनुहुन्थ्यो । उहाँको पहलमा जंगलमा भएको माओवादीलाई सत्तामा ल्याउन १२ बुँदे शान्ति सम्झौता समेत गर्नुभयो । गिरिजाबाबु थुप्रै पटक प्रधानमन्त्री हुँदा देशको बिकास निर्माणका लागि धेरै कामहरु भएका छन् । देशमा शान्ति सुव्यवस्था कायम गराउन त्यो समयमा उहाँको अत्यन्त महत्त्वपूर्ण भूमिका छ । उहाँ सधैं देश र जनताको हितको लागि चिन्तन गर्नुहुन्थ्यो ।

    तपाईंले विपिलाई पहिलो पटक भेट्दा उहाँ कस्तो हुनुहुन्थ्यो ?

    उहाँ अत्यन्त सरल भावको पातलो शरीर, राम्रो जिउडाल, मुसुक्क हासो, राम्रो दारी, नरम बोलीको हुनुहुन्थ्यो । यतिमात्र नभएर उहाँ हत्तपत्त नरिसाउने स्वभावको हुनुहुन्थ्यो । उहाँ डाइनामिक र समाज रुपान्तरणमा जोड दिने खालको व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको व्यक्तित्वबाट म असाध्यै प्रभावित भए ।

    नेपाली कांग्रेसले विपिले देखाएको बाटो पहिल्याउन सकेन भन्ने आरोप छ नि ?

    अजित जि ! पक्कैपनि हो । नेपाली कांग्रेसले विपिले देखाएको बाटो पहिल्याउन नसकेकै हो । विपि देश बिकासको सर्वोच्च नेता हुन् । विपिलाई समाज रुपान्तरणमा उनले खेलेको भूमिकाको छुट्टै बिशिष्ट योगदान थियो । प्रजातन्त्र ल्याउन देशमा विपिको ज्यादै ठूलो योगदान छ । तर तात्कालिन समयमा कांग्रेसको नीति तानाशाही थियो भन्ने कुरा चाहिँ गलत हो । देश र जनताकै लागि कांंग्रेसले धेरै कामहरु गरेको छ ।

    तपाईंको राजनीति बारे थोरै बुझ्न चाहे ?

    अजित जि ! मेरो राजनीति वि.स. २०२५ सालदेखि सुरु भयो । २६ सालमा लमजुङमा बसेर राजनीति गरें । त्यसपछि २८ सालमा चितवन आएर वीरेन्द्र क्याम्पसमा नेविसंघको सभापति भएर काम गरें । त्यो अघि स्वयवियुको अध्यक्ष समेत भएर काम गरेको थिए । यसैगरी वि.स. २०६२/६३ सालको जनआन्दोलनमा म नेपाली कांंग्रका तर्फबाट कमान्डर थिए ।

    तपाईंको बुवाआमा के काम गर्नुहुन्थ्यो ?

    मेरो बुवाआमा सामाजिक कार्यमा नै आबद्ध हुनुहुन्थ्यो । खेतीकिसान गरेर हामीलाई पढाउनुभयो हुर्काउनुभयो । उहाँहरुको चाहनापनि छोरा असल बनोस् उसको राजनीति यात्रा राम्रो होस् भन्ने नै थियो । फेरी मैले राजनीति यात्रामा भोगेका जेलनेल, तनाव र कुटपिट आदि देखेर छोराले अप्ठ्यारो पेशा रोजेछ भनेर अत्यन्तै पिर गर्नुहुन्थ्यो । तर पछि बिस्तारै मेरो कर्मप्रति खुशी हुँदै जानुभयो ।

    तपाईं कति समय जेलमा बस्नुभयो ?

    म तीन बर्ष जेलमा बसें । विपिलाई स्वागत गरेको भेटेको भन्दै वि.स. २०३३ सालमा मलाई काठमाडौंबाट गिरफ्तारी गरिएको थियो ।

    पहिलेको र अहिलेको राजनीतिमा कत्तिको भिन्नता छ ?

    अजित जि ! पहिले र अहिलेमा राजनीतिमा ज्यादै ठूलो भिन्नता छ । पहिले राजनीति सेवा थियो । अहिले राजनीति कमाईखाने भाडो बन्यो । भ्रष्टाचार र बेथिति झनै मौलायो । राजनीतिमा बढी पैसाको चलखेल बढ्यो । जसले गर्दापनि अहिले राजनीति दुर्घन्धित हुँदै गएको छ ।

    यहाँ सांसद समेत बन्नुभयो ? त्यो समयमा केके कामहरु भए ?

    अजित जि ! म सांसद भएपछि संविधान निर्माण भयो । थुप्रै बिकास निर्माणका कामहरु बनें । धेरै अधुरा कामहरूले पूर्णता पायो । मलाई लाग्छ मेरो कार्यकालमा मैले चितवनमा धेरै काम गरेको छु ।

    तपाईंको बिचारमा राजनीति कस्तो हुनुपर्ने हो ?

    राजनीति अजित जि ! सेवामुखी हुनुहुपर्छ । जनताको काम गर्न सक्ने सक्षम उम्मेदवार चयन गर्नुपर्छ । यो बिज्ञानको युग हो । धेरै कुराको बिकास भएको छ । त्यसैले समयको माग अनुसार  नेपाली राजनीतिपनि सुधार हुन म जरुर देख्छु ।

    अन्त्यमा केही भन्नु छ ?

    अजित जि ! धेरै कुराहरू माथी नै आइसकेको छ । राजनीतिमा देखिएका बिकृतीलाई चिर्दै नयाँ चिराबाट अगाडि बढ्नुपर्छ भन्ने हो । अहिले फेरी नयाँ पुस्ता युवाहरुको जमात देशलाई निकासदिन राजनीतिमा आएका छन् । यो गणतन्त्रको सुनौलो उपलब्धि हो । आफ्ना कुरा तथा बिचार राख्न पाउने प्रेस तथा वाक स्वतन्त्रता छ । त्यसैले युवाहरुको बिचारपनि बुझ्न आबश्यक छ । देशका कयौं परिवर्तनकारी भूमिकामा युवाहरुको ज्यादै ठूलो महत्त्वपूर्ण भूमिका छ । म उहाँहरुको योगदानको कदर गर्छु । तर दुख लाग्छ, जुन अभिष्ट बोकेर हामीले गणतन्त्र त ल्यायौं तर यही देशमा सम्भावनाको खोजी गर्दा आज आम युवाहरु पराइको देशमा जान बाध्य छन् । नेपाल सम्भावनाले भरिपूर्ण देश हो । यहाँको हावापानी अत्यन्तै राम्रो छ । कृषि क्षेत्रमा ज्यादै ठूलो सम्भावना छ । यी सबै कुरालाई बुझेर हामीले काम गर्न सक्ने हो भने मलाई लाग्छ यही धेरै काम गर्न सकिन्छ ।

    हस् धन्यवाद ! हाम्रो प्रश्नमा आफ्नो बिचार राखिदिनुभएकोमा ?

    सर्वप्रथम पहिला अजित जि ! तपाईंलाई धेरैधेरै धन्यवाद ! मलाई तपाईंको लोकप्रिय मिडिया पारदर्शी अनलाइनमा मेरो बिचार राख्ने अबसर दिनुभएकोमा यहाँपनि धन्यवाद !

      शुक्रबार, माघ १८, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      चाप बढेपछि कैदी स्थानान्तरण
      व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण हुनेछः उपप्रधानमन्त्री पौडेल
      एलिना चाैहानकाे स्वरमा माडीमा धार्मिक भजन सार्वजनिक हुने
      आज ३ हजार ५ सय घट्यो सुन
      इन्स्पेक्टर र सहायक हवल्दारको जिम्मेवारी खोसियो

      लोकप्रिय

      • १.
        लोसपा चितवनको सचिबमा २४ वर्षका रामप्रसाद ढकाल

      • २.
        “ममता मानवता र महानताकी प्रतीक आमा र 

      • ३.
        बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

      • ४.
        खगेरी सिंचाइलाई व्यवस्थित गर्दै नारायणी लिफ्टलाई बैकल्पिक

      • ५.
        बजेटमार्फत जनतालाई राहत दिनुपर्छः सचेतक पाण्डे

      • ६.
        माडीको बगही बसपार्क अझै व्यवस्थित बन्न सकेन

      भर्खरै

      • १.

      • २.
        चाप बढेपछि कैदी स्थानान्तरण

      • ३.
        व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण हुनेछः उपप्रधानमन्त्री पौडेल

      • ४.
        एलिना चाैहानकाे स्वरमा माडीमा धार्मिक भजन सार्वजनिक हुने

      • ५.
        आज ३ हजार ५ सय घट्यो सुन

      • ६.
        इन्स्पेक्टर र सहायक हवल्दारको जिम्मेवारी खोसियो

      • ७.

      • ८.
        नारायणी अनलाइन आजदेखि १२ औं बर्षमा प्रवेश

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.