नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा चितवनको अधिबेशन आज स्थगित भएको छ ।
Advertisement
गणपुरक संख्या नपुगेपछि साधारण सभासहित अधिबेशन समेत स्थगित भएको हो ।
सो भेलाले फाल्गुन ५ गते पुनः साधारणसभा तथा अधिबेशन गर्ने निर्णय गरेको निर्वाचन अधिकृत एवं अधिवक्ता गजेन्द्र वस्तीले जानकारी दिनुभयो । पुनः सो कार्यक्रम फोरसिजन पार्टी प्यालेस शरदपुरमा ११ बजे संचालन हुनेछ ।
स्थगित भएको कार्यक्रममा भरतपुर महानगरपालिकाका नगर उपप्रमुख चित्रसेन अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका पदाधिकारी र विभिन्न नागरिक समाजका बिशिष्ट व्यक्तित्वको सहभागी थियो ।