सामाजिक सञ्जाल विधेयकमा भएका संविधान प्रदत्त मौलिक हक, प्रेस र अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रावधान खारेज गर्न र सरोकारवालाहरुसँग व्यापक परामर्श गरि विधेयकलाई मानव अधिकार एवं प्रयोगकर्ता मैत्री बनाउन शान्ति समाजका जिल्ला शाखाहरुले अभियान सुरू गरेका छन् ।
शान्ति समाज चितवन शाखाले आज माघ २८ गते जिल्ला प्रशासन कार्यालय चितवन अगाडि प्रदर्शन गरेको छ । प्रदर्शन पश्चात प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखिएको ज्ञापन पत्र चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चुडामणी शर्मा गौतमलाई हस्तान्तरण गरिएको थियो ।
प्रदर्शनमा केन्द्रीय वरिष्ठ उपसभापति राजेन्द्र पौडेल, केन्द्रीय सदस्य शम्भु राउत, चितवन शाखा सभापति पुर्णचन्द्र चपागाई, उपसभापति जीवन केसी, सचिव जयन्तीप्रसाद उपाध्याय, सह सचिव रुविसा कोइराला, सदस्य सुमी गौतम, कृति चौधरी, विश्वनाथ ढुंगाना लगायत अधिकारकर्मीहरुको सहभागिता थियो ।