नेकपा एकीकृत समाजवादीको केन्द्रिय समितिको बैठक आज बस्दैछ । वुधबार बिहान ७ बजे देखी पोलिटब्युरो समितिको बैठक बसे पछि आज केन्द्रीय समितिको बैठक बस्न लागेको हो।
Advertisement
सरकारले हालै ल्याएको ६ वटा अध्यादेशको बिपक्षमा उभिने निर्णय गरेको नेकपा एसले पोलिटब्युरो समितिको बैठकमा नेताहरूको धारणा माग्ने जनाइएको छ ।
अघिल्लाे बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको छ भने बैठकले नियमावली निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको विवरणात्मक समिक्षा, तात्कालिक कार्ययोजना, अध्यादेश सम्बन्ध,मा र प्रकृति लम्साल मृत्यु प्रकरणसहित समसमायिक प्रस्ताव पारित गरेको थियो ।