• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, असार २९, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?

चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा

चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा

नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय समिति सदस्यमा पौडेल

इच्छाकामना गाउँपालिकामा ८७.२९ प्रतिशत पुँजिगत खर्च, सबै योजना समयमै सम्पन्न

रविको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगिन् मनीषा कोइराला

स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा

ह्याचरी व्यवसायी मर्कामा, माग भन्दा उत्पादन बढ्दो

सञ्चारमाध्यम तथा पत्रकारलाई आचारसंहिता पालना गर्न पत्रकार महासंघ चितवनको आह्वान

लोकप्रिय समाचार

  • १. सञ्चारमाध्यम तथा पत्रकारलाई आचारसंहिता पालना गर्न पत्रकार महासंघ चितवनको आह्वान

  • २. ह्याचरी व्यवसायी मर्कामा, माग भन्दा उत्पादन बढ्दो

  • ३. स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा

  • ४. नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय समिति सदस्यमा पौडेल

  • ५. चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा

  • ६. चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा

  • ७. रविको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगिन् मनीषा कोइराला

  • ८. इच्छाकामना गाउँपालिकामा ८७.२९ प्रतिशत पुँजिगत खर्च, सबै योजना समयमै सम्पन्न

  • ९. ‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?

पर्सामा रोकियो रविविरुद्धको मुद्धा, ‘माथिको आदेश’मा प्रहरीले बुझाएन अनुसन्धान प्रतिवेदन


  •   शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध प्रहरीले पाँच जिल्लामा एकसाथ अनुसन्धान सुरु गरे पनि पर्सामा भने मुद्दा रोकिएको छ । ‘माथिको आदेश’ भन्दै प्रहरीले अनुसन्धान सकेर पनि रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छैन ।

    Advertisement

    पर्साको सानो पाइला सहकारीबाट गोर्खा मिडियामा पैसा गएको भन्दै यहाँ पनि रविमाथि अनुसन्धान भएको थियो । तीन महिनाअघि नै उनलाई पर्सा लगेर बयानसमेत लिइएको थियो ।

    यसअघि कास्की, काठमाडौं, रूपन्देही र चितवन सबै जिल्लामा मुद्दा दर्ता गरेलगत्तै अदालतमा उपस्थित भई धरौटीमा छुटेपछि बाँकी पर्सामा भने मुद्दा दायर गर्न सरकार हच्किएको छ । यो प्रकरणमा प्रत्यक्ष रूपमा गृह मन्त्रालयको निर्देशनमा अनुसन्धान भइरहेको प्रहरी अधिकारी बताउँछन् ।

    वीरगन्ज महानगरपालिका–६ आदर्शनगरमा रहेको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अपचलन गरेको विषयमा यसअघि नै दुईपटक जिल्ला अदालत पर्सामा मुद्दा दर्ता भइसकेको छ ।

    पहिलोपटक २३ असोज ०८० मा सहकारीका वर्तमान तथा पूर्वपदाधिकारी १३ जनालाई प्रतिवादी बनाई सहकारी ठगी मुद्दा दर्ता गरिएको थियो । पछि २ फागुन ०८० मा अर्को मुद्दा पूरक अभियोगका रूपमा दर्ता भएको थियो । पूरक अभियोगमा पनि प्रतिवादी १३ जना नै छन् ।

    सुरु अभियोगमा ४९ जनाको मात्र जाहेरी थियो भने पूरकमा १७९ जनाको जाहेरी राखेर पूरक अभियोग चलाइएको थियो ।
    सहकारीबाट गोर्खा मिडिया नेटवर्कको बैंक खातामा साढे आठ करोड जम्मा गरेको विषय सुरुमै देखिए पनि ‘प्रमाण अभाव’का कारण गोर्खा मिडियाका तत्कालीन प्रबन्ध सञ्चालक रवि लामिछानेलाई प्रतिवादी बनाइएको थिएन । सहकारीबाट गोर्खा मिडियामा पैसा लैजाने प्रक्रियामा उनको कतै पनि सम्बन्ध भेटिएको थिएन ।

    तर, संसदीय छानबिन विशेष समितिको प्रतिवेदनपछि सरकारको आदेशमा रविको नाममा किटानी जाहेरी दिन लगाई अनुसन्धान थालिएको थियो । पर्सा प्रहरी स्रोतका अनुसार अनुसन्धानको काम एक महिनाअघि नै सकिए पनि तत्काल सरकारी वकिलमा प्रतिवेदन नबुझाउन भनिएको छ ।

    पर्साका एसपी गौतम मिश्रले भने अनुसन्धानको काम बाँकी नै रहेकाले अनुसन्धान प्रतिवेदन नबुझाइएको दाबी गरे । ‘अनुसन्धान टोलीले काम गरिरहेकै छ,’ उनले भने, ‘अनुसन्धान पूरा नभएकाले नै प्रतिवेदन नबुझाएका हौँ ।’

    एसपी मिश्र यसअघि चितवनको प्रहरी प्रमुख हुँदा त्यहाँ रविमाथि अनुसन्धान गरेका थिए । बयानपछि मध्यरातमा उठाएर लामिछानेलाई पोखरा पठाइएको थियो । जुन घटनाको सर्वत्र विरोध भयो ।

    तर, सरकारले भने राम्रो काम गरेको भन्दै एसपी मिश्रलाई गत महिना चितवनबाट अर्को महत्वपूर्ण जिल्ला पर्साको जिम्मेवारी दिएको छ । प्रहरीमा चितवनबाट पर्सामा सरुवा गरिएको इतिहास कमै रहेको प्रहरी अधिकारी बताउँछन् । नयाँ पत्रिका दैनिकबाट

      शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      ‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?
      चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा
      चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा
      नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय समिति सदस्यमा पौडेल
      इच्छाकामना गाउँपालिकामा ८७.२९ प्रतिशत पुँजिगत खर्च, सबै योजना समयमै सम्पन्न
      रविको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगिन् मनीषा कोइराला

      लोकप्रिय

      • १.
        देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५

      • २.
        चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको

      • ३.
        अवैध व्यवसायमाथि प्रहरीको एक्सन : सञ्चालक खत्रीसहित

      • ४.
        माडीका विशेष मुद्धाहरु सम्बाेधन नभए रास्वपा मध्यवर्ती

      • ५.
        माडीका दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

      • ६.
        माडीमा ८२/८३ मा ९२ करोड ६६ लाख

      भर्खरै

      • १.
        ‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?

      • २.
        चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा

      • ३.
        चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा

      • ४.
        नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय समिति सदस्यमा पौडेल

      • ५.
        इच्छाकामना गाउँपालिकामा ८७.२९ प्रतिशत पुँजिगत खर्च, सबै योजना समयमै सम्पन्न

      • ६.
        रविको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगिन् मनीषा कोइराला

      • ७.
        स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा

      • ८.
        ह्याचरी व्यवसायी मर्कामा, माग भन्दा उत्पादन बढ्दो

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.