• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
मङ्गलबार, मङि्सर २४, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

भरतपुरको स्मार्ट शौचालयमा थारु ‘धन्सार’ चित्र समुदायको आपत्ति

भरतपुर अस्पतालमा १५ बेडको ट्रमा सेन्टर उद्घाटन

नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० लाख आम्दानी

जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ: प्रजिअ अधिकारी

निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येयः सञ्चारमन्त्री खरेल

हेटौंडामा एकै दिन भत्काइए ५३१ घर

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. माडी सम्भावना चुनौती र संबाहक हो

  • ३. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ४. नारायणी नदिमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता

  • ५. एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

  • ८. हेटौंडामा एकै दिन भत्काइए ५३१ घर

  • ९. निर्वाचन आउन ८८ दिन बाँकीः समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

  • १०. थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

क्यान्सरपीडित कार्कीको उपचारमा आर्थिक अभाव, सहयोग गर्न अपिल


  •   आइतबार, फागुन १८, २०८१ मा प्रकाशित
  • भरतपुर महानगरपालिका वडा नम्बर १७ का ३९ बर्षीय खड्क बहादुर कार्कीलाई वडा नम्बर १६ का समाजसेवी नन्दप्रसाद भट्टले खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ ।

    Advertisement

    भट्टले क्यान्सर पीडित कार्कीको घरमै पुगेर चामल दाल, तेल, का साथै उनका बालबालिकालाई कापी,कलम, झोला, कपडा हस्तान्तरण गर्नुभएको हो ।

    हस्तान्तरण पछि प्रतिक्रिया दिदै भट्टले कार्कीको आर्थिक अवस्था नाजुक र बिरामी भएको सुनेपछि सहयोग गर्न आएको बताउनु भयो । ‘काम गरेर खुवाउने मान्छेनै बिरामी भएको सुनें । मेरो सहयोगले यो परिवारको दैनिकीमा केही सहज हुन्छ कि भनेर सहयोग सामाग्री लिएर आएको हुंँ ।’ समाजसेवी भट्टले भन्नुभयो ।

    आफूले २० बर्षदेखि गरीब दखी, बेसाहारा तथा शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग गर्दै आएको बताउंँदै सहयोगको लागि अन्य दाताहरुसंँग पनि आग्रह गर्नुभयो । ‘तपाईहरुको सानो सानो सहयोगले उहांँले नयांँ जीवन पाउनुहुन्छ भने देश विदेशमा रहेका दाजुभाई दिदी बहिनीले जति सक्नुहुन्छ सहयोग गर्दिनुस । भट्टले आग्रह गर्नुभयो ।’

    कार्की झण्डै १ बर्षदेखि ब्लड क्यान्सर देखिएको थियो । एकछाक पनि खान धौधौ पर्ने उहांँको परिवारलाई दाताको सहयोगबाट उपचार गरिंँदै आएको थियो । तर पछिल्लो समय चिकित्सकले केमो लगाउन ४ लाख खर्च लाग्ने बताएपछि उपचार गर्न नसकेर कार्कीलाई घर फर्काइएको थियो ।

    क्यान्सरपीडित खड्ककी पत्नी लक्ष्मी कार्कीले परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएकोले उपचार गर्न नसकी अस्पतालबाट फर्किएको बताउनु भयो । ‘डाक्टरहरुले पहिला चढाएको केमोले काम नगरेको र केमो अर्को लगाउनुपर्छ भन्नुभयोे, लक्ष्मीले भन्नुभयो, हामीलाई एकछाक टार्न त मुश्किल छ त्यत्रो पैसा कहांँबाट ल्याउने ?’ कार्कीका आमा, श्रीमती र ४ जना छोराछोरी सहित ७ जनाको परिवार छ । सम्पत्तिको नाममा एउटा सानो जस्ताले छाएको घर छ ।

    बिरामी हुनु अघि कार्की घर तथा भवनमा वेल्डिङ्गको गरेर परिवार पाल्दै आएका थिए । पछिल्लो एकबर्षदेखि लक्ष्मीले दैनिक ज्याला मजदुर गरेर जेनतेन परिवार पाल्दै आएकी छिन । ’परिवारमा उहांँनै हुनुहुन्थ्यो हामीलाई पाल्ने पोषण गर्ने , लक्ष्मीले भन्नुभयो, अहिले म बच्चाबच्ची हुर्काउने कि, उहांँलाई हेर्ने कि काम गर्ने बिचल्ली भएको छ ।‘ आफ्नो श्रीमानको उपचारको लागि सहयोग गर्न समेत उहांँले सबैलाई आग्रह गर्नुभयो ।

    बिरामी कार्कीले आफ्नो बांँच्ने रहर भएकोले उपचारको लागि सहयोग गर्दिन आग्रह गर्नुभयो । ’मर्ने रहर त कसलाई हुन्छ र, मलाई बचाईदिनुहोस, म मरें भने मेरा बालबच्चा पनि मर्छन ।’ उहांँले बिलौना गर्दै भन्नभयो । एकबर्षअघि उहांँको शरीर भरी गिर्खा , धब्बा र असहज भएपछि शंका लागेर बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा परीक्षण गर्दा ब्लड क्यान्सर देखिएको थियो । छिमेकीहरु केही सहयोग रकम जुटाएर उहांँको ८ पटकसम्म केमो थेरापी गरिएको थियो ।

    पछिल्लो समय स्वास्थ्यमा सुधार नआएपछि चिकित्सकले केमो परिवर्तन गर्न सुझाव दिएका थिए । पैसा नभएपछि हाल कार्की घरकै बिछ्यौनामा रोगसंँग लडिरहनु भएको छ । उहांँको उपचारमा यसअघि ४ लाख बराबर खर्च भईसकेको र थप केमोथेरापी गर्न ४ लाख लाग्ने चिकित्सकले बताएका छन ।

    हाल कार्कीको उपचारको लागि आर्थिक संकलन अभियान थालिएको छ । उहांँको खड्क बहादुर कार्की नाम रहेको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १६२०१००५५४०५९०१० मा रकम पठाएर वा माथी फोटोमा राखिएको क्यु आर कोड मार्फत रकम पठाएर सहयोग गरिदिन आग्रह गरिएको छ ।

      आइतबार, फागुन १८, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने
      भरतपुरको स्मार्ट शौचालयमा थारु ‘धन्सार’ चित्र समुदायको आपत्ति
      भरतपुर अस्पतालमा १५ बेडको ट्रमा सेन्टर उद्घाटन
      नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण
      एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने
      अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० लाख आम्दानी

      लोकप्रिय

      • १.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ४.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ५.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      • ६.
        माडी सम्भावना चुनौती र संबाहक हो

      भर्खरै

      • १.
        थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

      • २.
        भरतपुरको स्मार्ट शौचालयमा थारु ‘धन्सार’ चित्र समुदायको आपत्ति

      • ३.
        भरतपुर अस्पतालमा १५ बेडको ट्रमा सेन्टर उद्घाटन

      • ४.
        नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

      • ५.
        एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

      • ६.
        अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० लाख आम्दानी

      • ७.
        जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ: प्रजिअ अधिकारी

      • ८.
        निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येयः सञ्चारमन्त्री खरेल

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.