• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, मङि्सर २१, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

  • १०. कांग्रेसको महाधिवेशन कार्यतालिकामा देखिएको समय ग्यापबारे नेता थापाको प्रश्न

‘सत्ताधारीको जीवन परिवर्तन भयो, जनताको जीवनस्तर परिवर्तन भएन ’


  •   बिहिबार, चैत २०, २०८१ मा प्रकाशित
  • नेपाल कम्युनिष्ट पार्टी ( बहमुत) का महासचिव धर्मेन्द्र बास्तोलाले नेपाली जनताको अवस्था र व्यवस्थ बदल्न बैज्ञानिक समाजवाद विकल्प भएको बताएका छन ।

    Advertisement

    आज भरतपुरमा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै पश्चागामी र यथास्थिति बादीहरुबाट जनताको स्तर नउठ्ने बताएका हुन् ।

    गणतन्त्र नेता र मन्त्रीलाई मात्रै आएको भन्दै उनले वैज्ञानिक समाजवादनै अबको उत्तम अभ्यास भएको बताए।

    ‘दुईचालीस बर्ष निरंकुश राजतन्त्र चल्यो, जनताले केही पाएनन, अहिले गणतन्त्र आयो केवल सत्तामा बस्नेलाई मात्र , जनताको जीवनस्तर जहांँको त्यही ।’ उनले भने । व्यवस्था बदलेमात्र जनताको आर्थिक स्तर सुध्रने उनको भनाई थियो ।

    आगामी निर्वाचनमा आफूहरु निवार्चनमा नजाने भन्दै उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यपालिका , व्यवस्थापिका, न्यायपालिका हुनुपर्ने पार्टीको कार्यदिशा रहेको बताए ।

    ‘व्यवस्था बदलेमात्र मानिसको चरित्र सुध्रन्छ, उनले भने, यसले खराब मानिसलाई पनि सही बाटोमा ल्याउंँछ ।’

    सभामा बोल्दै पार्टीका स्थायी कमिटी सदस्य गुणराज लोहनीले अहिलेको संसदीय व्यवस्था जनताको हितमा नरहेको दोहोराए । ‘पश्चगामीवादी र यथास्थिति वादीकै कारण देश खोक्रो भईसक्यो लोहनीले भने, गणतन्त्र आएपछि देशको ऋण १२ खर्बबाट २६ खर्ब पुग्यो ।’

    यही व्यवस्थाका कारण २०२८ सालको ऐन परिमार्जन नभएको भन्दै उनले सत्ताधारी , दलाल र भ्रष्टाचारीलाई कारवाही गर्ने आफ्नो मुख्य एजेण्डा रहेको उनले बताए । ‘अहिले यो हाम्रो आवाजको लडाई हो, उनले भने, तर बन्दुक विना जनताले मुक्ति पाउने छैनन । बन्दुक उठाएरै आएका हौं । फेरी उठाउन पनि तयार छौं ।’

    केन्द्रिय कमिटी विभाग प्रमुख डिबी पाण्डेले अहिले व्यवस्थाले जनतामा कुनै परिवर्तन नभएको भन्दै देशभर जनतालाई जागरण अभियान चलाउन शुरु गरिएको बताए । ‘राजतन्त्र असफल भएको देख्यौं, गणतन्त्र असफल भएको पनि देख्यौं उनले भने, परिवर्तन त भयो, सत्ताधारिको मात्रै तर जनतामा परिवर्तन आएन ।’ वैज्ञानिक समाजवाद मार्फत अग्रगामी सोचले मात्र देशले निकास पाउने उनको भनाई थियो ।

    पार्टीले पहिलो चरणको अभियान यही चैत्र १० गतेबाट कञ्चनपुरबाट अभियान शुरु गरेर झापामा गएर समापन हुने उनले जानकारी दिए । त्यसपछि देशका पहाडी मुलुकमा अभियान सञ्चालन गरिने उनले बताए । अबको व्यवस्था भागवण्डा र गठबन्धनको नहुने भन्दै प्रत्यक्ष निर्वाचन प्रणालीबाट जानुको विकल्प नभएको उनको भनाई थियो । केन्दिय पोलीटव्युरो सदस्य रक्तिमले पहिलो र दोस्रो शक्तिले मुलुकमा परिर्वतन नआएको भन्दै तेस्रो शक्तिको रुपमा नेकपा बहुमत आएको बताए ।

    सभाका अध्यक्ष एवं पार्टीका चितवन जिल्ला सेक्रेटरी राम सेढाईंले जागरणलाई शशक्तिकरण र निरन्तरता दिदैं जाने बताए । ‘अब हामी जिल्लामा किसानको आन्दोलन, सकुम्बासी समस्या आन्दोलन , मिटर व्याजी, शैक्षिक तथा स्वास्थ्य माफिया र वित्तिय शोषण विरुद्ध निरन्तर संर्घर्ष गछौं ।’ सेंढाईले भने ।

    सहभागी अन्य अतिथि वक्ताहरुले जागरण अभियानलाई शशत्त, पार्ने, पूजींवादी तन्त्र र राजतन्त्रलाई निस्तेज पार्नुपर्ने र वैज्ञानिक समाजवादीलाई स्थापित गर्नुपर्नेमा जोड दिएका थिए ।

      बिहिबार, चैत २०, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै
      आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
      माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड
      नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता
      तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन
      एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

      • २.
        आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

      • ३.
        माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

      • ४.
        नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

      • ५.
        तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

      • ६.
        एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      • ७.
        स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

      • ८.
        एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.