Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बिहिबार, जेठ ०२, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

चाप बढेपछि कैदी स्थानान्तरण

व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण हुनेछः उपप्रधानमन्त्री पौडेल

एलिना चाैहानकाे स्वरमा माडीमा धार्मिक भजन सार्वजनिक हुने

आज ३ हजार ५ सय घट्यो सुन

इन्स्पेक्टर र सहायक हवल्दारको जिम्मेवारी खोसियो


नारायणी अनलाइन आजदेखि १२ औं बर्षमा प्रवेश

१४ घण्टापछि खुल्यो बिपी राजमार्ग

नारायणगढमा खुल्यो शैक्षिक परामर्श केन्द्र ब्राइट एजुकेशन नेटवर्क

लोकप्रिय समाचार

  • १. घर बनाउने मेलाको दोस्रो दिन, सातहजार भन्दा बढीले गरे अवलोकन

  • २. हाम्राे चित्रवन साकाेसद्वारा माडीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालित

  • ३. माडीमा बैशाख २७ गते वृृृृृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

  • ४. कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

  • ५. चितवनमै सबै किसिमको फेशन र पोशाक सहित अर्बन नेष्ट बुटिक सञ्चालन

  • ६. नारायणगढमा खुल्यो शैक्षिक परामर्श केन्द्र ब्राइट एजुकेशन नेटवर्क

  • ७. चितवनमा घर बनाउने मेला शुरु, मन्त्री सिलवालद्धारा उद्धघाटन

  • ८. नारायणी अनलाइन आजदेखि १२ औं बर्षमा प्रवेश

  • ९.

  • १०. १४ घण्टापछि खुल्यो बिपी राजमार्ग

नारायणी किनारमा `मिसन रेड न्यू इयर फेस्ट´ हुने


  •   बुधबार, चैत २६, २०८१ मा प्रकाशित
  • नयाँ वर्षको स्वागत गर्दै नारायणी नदी किनारमा भव्य सांगीतिक कार्यक्रम हुँदैछ । ‘मिसन रेड न्यू इयर फेस्ट–२०८२’ सांगीतिक कार्यक्रमको अहिले तयारी तीव्र पारिएको छ ।

    Advertisement

    नारायणी किनारलाई गुञ्जायमान बनाउन चर्चित सांगीतिक ब्याण्डहरुको उपस्थिति हुँदैछ । एकै दिन यति धेरै चर्चित ब्याण्डहरुको प्रस्तुती सायदै चितवनमा पहिलोपटक होला ।कन्सर्टमा युवाहरुमाझ चर्चित पाँच ब्यान्डले बेजोड प्रस्तुति दिँदैछन् ।

    एसडी ईभेन्ट्स एण्ड म्यानेजमेन्टले ‘मिसन रेड न्यू इयर फेस्ट’ नामक भव्य सांगीतिक कन्सर्ट गर्ने जमर्को गरेको हो । सन्देश र मनोरन्जन एकसाथ दिने उद्देश्यले भव्य सांगीतिक कन्सर्ट आयोजना गरिएको आयोजकको दाबी छ । कन्सर्टमा चितवन सहित अन्य छिमेकी जिल्लाहरु साथै नेपालभरबाट हजारौँ दर्शकहरु आउने अपेक्षा गरिएको छ ।

    चैत ३१ गते साँझबाट सुरु हुने भव्य कन्सर्टमा करिब १५००० बढी दर्शक आउने आयोजकको अनुमान छ । यी पाँच ब्याण्डको प्रस्तुतिको मनोरञ्जनका लागि खल्ती एपमार्फत अनलाइन टिकटको समेत व्यवस्था गरिएको छ ।

    एसडी फाउण्डेशनले चितवनसहित देशभर देखिएको रगत अभाव हटाउन ‘मिसन रेड’ अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत विभिन्न रक्तदान कार्यक्रम, रक्तदाता उत्प्रेरणा कार्यक्रम, सचेतना सहित विविध पहलकदमी हुँदै आएका छन् । ‘मिसन रेड’ अभियानले एक वर्षभित्र ५००० पिन्ट रगत संकलन गर्ने, १०००० युवालाई रक्तदान र रगत अभाव व्यवस्थापन सम्बन्धी तालिम प्रदान गर्ने तथा डिजिटल प्लेटफर्म मार्फत ५० लाख मानिसलाई रक्तदानमा उत्प्रेरित गर्ने लक्ष्य लिएको छ ।

    हालसम्म अभियानले करिब २००० पिन्ट रगत संकलन गरिसकेको छ भने रगत व्यवस्थापनका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

    कन्सर्टमा यी चर्चित ब्याण्डहरु दिँदैछन् प्रस्तुति :
    १. मन्त्र ब्यान्ड
    मिसन रेड अभियान अन्तर्गत आयोजित भव्य कन्सर्टमा चर्चित मन्त्र ब्याण्डको बेजोड प्रस्तुति रहनेछ । मन्त्र ब्यान्ड नेपाली संगीत पारखीहरुको लागि चर्चित र लोकप्रीय नाम हो । यस ब्यान्डले आफ्नो संगीतमार्फत नेपालसँगै विभिन्न देशमा भव्य कन्सर्ट सम्पन्न गरेर हजारौं दर्शकको मन जितिसकेको छ । यो ब्यान्ड नेपाली सांगीतिक क्षेत्रमा पुरानो र ऐतिहासिक ब्याण्डमा पर्दछ । ब्याण्डले विगत २५ वर्षदेखि निरन्तर आफ्नो संगीतमार्फत नेपालीलाई सुमधुर संगीतको सुर, धुन र तालमा झुमाईरहेको छ । ‘वीर गोर्खाली गोर्खाली’, सधैँ सधैँ’लगायत गीतहरु यस ब्याण्डका चर्चित गीत रहेका छन् । मन्त्र ब्यान्ड दार्जिलिङबाट सुरु भएको हो ।

    २. कुटुम्ब ब्यान्ड

    चितवनमा हुन लागेको भव्य सांगीतिक कन्सर्टमा आउन लागेको अर्को चर्चित ब्यान्ड हो ‘कुटुम्ब ब्याण्ड’। यस ब्याण्ड आफ्नै मौलिक शैलीका कारण नेपाली सांगीतिक क्षेत्रमा गर्विलो स्थानमा छ । कुटुम्बले देशमा मात्र नभई विदेशमा पनि सांगीतिक प्रस्तुति दिँदै आएको छ । जति विदेशमा प्रस्तुति दिएपनि आफूहरु स्वदेशमै नेपाली संगीतका पारखीहरुसँग झुम्न रुचाउने ब्याण्डका कलाकार बताउँछन् ।

    २० वर्षदेखि सुरु भएको निरन्तर सांगीतिक यात्रामा कुटुम्बले संगीतमार्फत स्वयंसेवा गर्न सकिने सन्देश प्रवाह गर्न सफल भएको छ । कुटुम्ब ब्याण्डका सदस्यहरु आफ्नो सफलताको मापन सामाजिक कार्यमार्फत गर्ने गरेको बताउँछन् ।कुटुम्ब सांगीतिक समूहले नेपाली मौलिक धुन र लोकप्रिय रचनाहरूलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउँदै नेपालको सांगीतिक सम्पदामा गर्विलो इतिहास कोरेको छ ।

    ब्याण्डका समूहमा अरुण मानन्धर, पभित महर्जन, राजु महर्जन, किरण नेपाली र सिद्धार्थ महर्जनले मादल, बाँसुरी र सारङ्गीको धुन मार्फत दर्शकको मन मस्तिष्कमा बास बस्न सफल छन् ।

    ३. द एक्स ब्याण्ड

    नेपाली संगीतमा अर्को चर्चित ब्याण्ड हो –‘द एक्स ब्याण्ड’। ‘तिम्रो नजरले’ , ‘एउटा चिठीको सहाराले’ , ‘बाईरोडको बाटोमा’ , ‘ठाडो जाने उकालो’ लगायत चर्चित गीतहरु यस ब्याण्डका रहेका छन्, जो अहिलेपनि नेपाली दर्शकहरुको मन मस्तिष्कमा ताजा छ्न् । नारायणी नदी किनारमा हुने कन्सर्टमा ‘द एक्स ब्याण्ड’ले पनि दर्शकहरुलाई भरपुर मनोरन्जन दिने आयोजकको दाबी छ ।
    ४. समीर श्रेष्ठ एण्ड गुड बोइज

    समीर श्रेष्ठलाई पछिल्लो समय नचिन्ने र नसुन्ने सायदै होला, नयाँ पुस्तामाझ लोकप्रीय नाम हो समीर श्रेष्ठ । समीरले सन् २०२१ मा’ चार देवार गीत’बाट आफ्नो सांगीतिक यात्रा सुरु गरे । सन् २०२२ मा उनको गीत ‘तिमि भएर’ नेपाली दर्शकमाझ लोकप्रिय बन्यो, जसबाट उनले दर्शकको अत्याधिक माया पाए । सन् २०२२ मा उनले ‘मायालु सुनन ‘गीत रिलिज गरे । यस्तै सन् २०२३ मा ‘उनी ,जे छौ तिमि’ गीत लिएर आए, जुन युट्युबमा ट्रेण्डिङमा पर्‍यो , जसले उनलाई नेपाली सहित अन्तर्राष्ट्रिय दर्शकहरूमाझ थप परिचित बनायो ।उनको पहिलो डेब्यु गीत थियो ‘चार देवर’, जुन सन् २०२१ मा रिलिज भएको थियो । उनको ‘तिमी भएर’ , ‘मायालु सुनन’ , ‘जे छौ तिमी’ लगायत तीतहरु चर्चित छन् ।

    ५. केहर एण्ड जोए

    यही चैत्र ३१ गते चितवनमा हुने भव्य सांगीतिक कन्सर्टमा ‘केहेर एण्ड जोए’ले आफ्नो बेजोड प्रस्तुति दिँदै छ । संगीत मार्फत मन्त्रमुग्ध बनाउन युवाहरुमाझ लोकप्रिय यस ब्याण्डले चितवनमा बेजोड प्रस्तुति दिन लागेको हो ।

    केहर लिम्बु पछिल्लो युवापुस्तामाझ चर्चित नाम हो । लिम्बुका धेरै गीतहरु लोकप्रिय छन् । उनी नेपाली सांगीतिक आकाशमा पछिल्लो समय उदाउँदो तारा हुन् जसको स्वरमा झुम्ने पछिल्लो समयमा धेरै रहेका छन । `सरर सरर’, ‘ बैगुनी´, ‘तिमीलाई सम्झेर’, आजकल ‘ लगायत धेरै गीतहरु उनका नयाँ पुस्तामाझ चर्चित छन् ।

      बुधबार, चैत २६, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      चाप बढेपछि कैदी स्थानान्तरण
      व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण हुनेछः उपप्रधानमन्त्री पौडेल
      एलिना चाैहानकाे स्वरमा माडीमा धार्मिक भजन सार्वजनिक हुने
      आज ३ हजार ५ सय घट्यो सुन
      इन्स्पेक्टर र सहायक हवल्दारको जिम्मेवारी खोसियो

      लोकप्रिय

      • १.
        शिक्षक मित्रहरूलाई खुला पत्र : अब पनि

      • २.
        चितवनमा बैशाख २५ देखि ‘घर बनाउने’ मेला

      • ३.
        लोसपा चितवनको सचिबमा २४ वर्षका रामप्रसाद ढकाल

      • ४.
        उद्योग वाणिज्य संघ–चितवनका सदस्यले पुस्पाञ्जली हस्पिटलमा छुट

      • ५.
        “ममता मानवता र महानताकी प्रतीक आमा र 

      • ६.
        बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

      भर्खरै

      • १.
        चाप बढेपछि कैदी स्थानान्तरण

      • २.
        व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण हुनेछः उपप्रधानमन्त्री पौडेल

      • ३.
        एलिना चाैहानकाे स्वरमा माडीमा धार्मिक भजन सार्वजनिक हुने

      • ४.
        आज ३ हजार ५ सय घट्यो सुन

      • ५.
        इन्स्पेक्टर र सहायक हवल्दारको जिम्मेवारी खोसियो

      • ६.

      • ७.
        नारायणी अनलाइन आजदेखि १२ औं बर्षमा प्रवेश

      • ८.
        १४ घण्टापछि खुल्यो बिपी राजमार्ग

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.