Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बिहिबार, जेठ ०२, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण हुनेछः उपप्रधानमन्त्री पौडेल

एलिना चाैहानकाे स्वरमा माडीमा धार्मिक भजन सार्वजनिक हुने

आज ३ हजार ५ सय घट्यो सुन

इन्स्पेक्टर र सहायक हवल्दारको जिम्मेवारी खोसियो


नारायणी अनलाइन आजदेखि १२ औं बर्षमा प्रवेश

१४ घण्टापछि खुल्यो बिपी राजमार्ग

नारायणगढमा खुल्यो शैक्षिक परामर्श केन्द्र ब्राइट एजुकेशन नेटवर्क

हाम्राे चित्रवन साकाेसद्वारा माडीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालित

लोकप्रिय समाचार

  • १. घर बनाउने मेलाको दोस्रो दिन, सातहजार भन्दा बढीले गरे अवलोकन

  • २. माडीमा बैशाख २७ गते वृृृृृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

  • ३. कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

  • ४. हाम्राे चित्रवन साकाेसद्वारा माडीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालित

  • ५. चितवनमै सबै किसिमको फेशन र पोशाक सहित अर्बन नेष्ट बुटिक सञ्चालन

  • ६. नारायणगढमा खुल्यो शैक्षिक परामर्श केन्द्र ब्राइट एजुकेशन नेटवर्क

  • ७. चितवनमा घर बनाउने मेला शुरु, मन्त्री सिलवालद्धारा उद्धघाटन

  • ८. नारायणी अनलाइन आजदेखि १२ औं बर्षमा प्रवेश

  • ९.

  • १०. १४ घण्टापछि खुल्यो बिपी राजमार्ग

मेड इन नेपाल एक्स्पोमा आज ‘पूर्णराई एण्ड दाजुभाइहरु’ र ‘परिवर्तन’ को प्रस्तुति


  •   आइतबार, चैत ३०, २०८१ मा प्रकाशित
  • नारायणगढको क्याम्पा चौरमा जारी ‘मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिबल’ मा आज बिजनेश कन्क्लेभसँगै विशेष सांस्कृतिक प्रस्तुती हुने भएको छ ।

    Advertisement

    नयाँ वर्ष २०८२ साललाई स्वागत गर्न ‘पूर्णराई एण्ड दाजुभाइहरु’ र ‘परिवर्तन’ व्याण्ड आउँदै छन् । दर्शकले आज ‘म्युजिक’, ‘फुड’ र ‘फन’को साथमा नयाँ वर्षलाई स्वागत गर्न पाउनेछन् ।

    नयाँ वर्षलाई लक्षित गरी आज साँझ ८ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको एक्स्पो आयोजक नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका अध्यक्ष उमेश श्रेष्ठले जानकारी दिनुभयो ।

    साँझ ८ बजेपछि टिकट व्यवस्था लागु हुनेछ । उक्त टिकटको मूल्य ३०० रुपैयाँ कायम गरिएको उहाँले जानकारी दिनुभयो ।

    उहाँका अनुसार खल्ती एपमार्फत अग्रिम टिकट खरिद गरेका दर्शकले निःशुल्क पेय पदार्थ पाउनेछन् । त्यसका लागि एक्स्पो परिसरमा रहेको खल्ती काउण्टरमा सम्पर्क गर्नुपर्नेछ ।

    चैत २९ गतेदेखि सुरु भएको एक्स्पो एण्ड फुड फेस्टिबलमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नेपाली वस्तु तथा सेवाको प्रदर्शनी हुन्छ । साँझ ६ बजेदेखि मौलिक खाना खाँदै कन्सर्टमा रमाउन सकिन्छ ।

    कन्सर्टअघि हुने चितवन बिजनेश कन्क्लेभमा आज जिएम जिप्सम नेपालका फाउण्डर मन्दिल थापा, चितवन बिजनेश मार्टकी सिईओ अर्पणा प्रधान भण्डारी र अन्नपूर्ण एग्रो फुड प्रोडक्टकी सञ्चालक प्रतिभा श्रेष्ठ वक्ताका रुपमा आउँदै छन् ।

    नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका द्धितिय उपाध्यक्ष सन्तोष कँडेलका अनुसार एक्स्पोमा तीन दिनसम्म छ वटा सेसनमा कन्क्लेभ हुनेछ । शनिबार पनि दुई वटा सेसन भएको उनले बताए । चैत २९ र ३० गते गरी करिब पाँच हजार दर्शकले एक्स्पो एण्ड फुडफेस्टिबलको अवलोकन गरेको आयोजकले बताएको छ ।

    आज भने दर्शकको विशेष उपस्थिती रहने आयोजकको अपेक्षा छ ।
    एक्स्पो एण्ड फुड फेस्टिबल वैशाख २ गतेसम्म सञ्चालन हुनेछ । कन्सर्टमा भोलि (बैशाख १ गते) द स्वर र वैशाख २ गते उदय र झक्कासको विशेष प्रस्तुति रहने नेपाली युवा उद्यमी मञ्च चितवनका पूर्व अध्यक्ष सूर्यभक्त अधिकारीले बताउनुभयो ।

    फुड फेस्टिबलमा थकाली, थारु, तामाङ, नेवारी, तराई र अन्य परिकारहरुको स्वादको विविधता पाइनेछ जसमा अर्गानिक उत्पादन, लाइभ कुकिङ डेमो, फुड आर्ट डिस्पले र फोटो फ्रेन्ड्ली डिजाइन क्षेत्रहरु समावेश हुनेछन् ।

    एक्स्पोमा कृषि, निर्माण सामग्री, प्रविधि, हस्तकला, परम्परागत कपडा, फुड एण्ड बेभरेज, ग्रीन इन्डष्ट्री, रियल स्टेट, टेक्नोलोजी तथा इनोभेसनलगायत विभिन्न क्षेत्रमा क्रियाशील व्यवसायीहरु सहभागी रहेको उहाँले जानकारी दिनुभयो ।

      आइतबार, चैत ३०, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण हुनेछः उपप्रधानमन्त्री पौडेल
      एलिना चाैहानकाे स्वरमा माडीमा धार्मिक भजन सार्वजनिक हुने
      आज ३ हजार ५ सय घट्यो सुन
      इन्स्पेक्टर र सहायक हवल्दारको जिम्मेवारी खोसियो
      नारायणी अनलाइन आजदेखि १२ औं बर्षमा प्रवेश

      लोकप्रिय

      • १.
        शिक्षक मित्रहरूलाई खुला पत्र : अब पनि

      • २.
        चितवनमा बैशाख २५ देखि ‘घर बनाउने’ मेला

      • ३.
        लोसपा चितवनको सचिबमा २४ वर्षका रामप्रसाद ढकाल

      • ४.
        उद्योग वाणिज्य संघ–चितवनका सदस्यले पुस्पाञ्जली हस्पिटलमा छुट

      • ५.
        “ममता मानवता र महानताकी प्रतीक आमा र 

      • ६.
        बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

      भर्खरै

      • १.
        व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण हुनेछः उपप्रधानमन्त्री पौडेल

      • २.
        एलिना चाैहानकाे स्वरमा माडीमा धार्मिक भजन सार्वजनिक हुने

      • ३.
        आज ३ हजार ५ सय घट्यो सुन

      • ४.
        इन्स्पेक्टर र सहायक हवल्दारको जिम्मेवारी खोसियो

      • ५.

      • ६.
        नारायणी अनलाइन आजदेखि १२ औं बर्षमा प्रवेश

      • ७.
        १४ घण्टापछि खुल्यो बिपी राजमार्ग

      • ८.
        नारायणगढमा खुल्यो शैक्षिक परामर्श केन्द्र ब्राइट एजुकेशन नेटवर्क

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.