नेवा: समाज भरतपुर, चितवनले नयाँ बर्षको शुभकामना सहित नयाँ आजीवन सदस्यता प्रमाणपत्र बितरण गरेको छ ।
नेवा: समाजका कार्यबाहक अध्यक्ष जुद्घप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री अमनकुमार मास्केको प्रमुख आतिथ्यता रहेको थियो ।
नवरत्न टोल भरतपुर १२ स्थित निलकण्ठ शिव मन्दिरको सभाहलमा जारी सो कार्यक्रममा नेवा: समाजका पदाधिकारी आदिको सहभागीता थियो ।
कार्यक्रममा बोल्नुहुँदै बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री अमनकुमार मास्केले देशको बिकास र पूर्वाधार निर्माणमा जोड दिएको बताउनुभएको छ ।
देशको नेतृत्व लिने व्यक्तिहरु पारदर्शी भएको खण्डमा मात्रै देशको मुहार परिवर्तन हुने जिकिर गर्नुभयो ।
आफ्नो कार्यकालभित्र धेरै बिकासका कामहरु गर्न बाँकी रहेको स्मरण गर्दै मन्त्री मास्केले बरु आफू थोरै बोल्ने धेरै काम गर्ने नेता भएको बताउनुभयो ।
त्यस्तै उहाँले नब बर्ष वि.स. २०८२ का अबसरमा स्वदेश तथा बिदेशमा छरिएर रहनुभएका सबै नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेवा समाजका पदाधिकारी सहित भरतपुर १ का वडाध्यक्ष केशव महर्जन भरतपुर १२ का वडाध्यक्ष लेखनाथ पन्त लगायत विभिन्न सामाजिक व्यक्तित्वको सहभागीता थियो ।