सामाजिक अभियन्ता एवं नेपाल मगर संघ निर्वाचन समिती संयोजक सिद्धान्त गर्जामगरले नेपाल मगर संघ देवघाट ५ तनहुँलाई भलिबल प्रदान गर्नुभएको छ ।
संस्थाका अध्यक्ष टिका मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ निर्वाचन समिति संयोजक सिद्धान्त गर्जा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गर्जा मगरले खेलकुदमा युवाको सहभागीता बढाउनुपर्ने बताउनुभयो ।
उहाँले आफू जहिलेपनि जहाँपनि युवाकै पक्षमा उभिएको जिकिर गर्दै देश परिवर्तनको प्रमुख आधार नै युवा भएको बताउनुभयो ।
युवाको सीप क्षमता र योग्यताको कदर गर्दै रोजगारी दिलाउन सरकार तत्काल लाग्नुपर्ने उहाँको भनाइ थियो ।
खेलमैदानको बिकासमा जोड दिएर स्थानीय तहदेखि नै खेलाडीको उत्पादन बढाउनुपर्ने धारणा राख्नुभयो ।
खेलप्रेमी समेत रहनुभएका उहाँले निकट समयमै देवघाट क्षेत्रभित्रका युवा क्लबहरुलाई जर्सी, नेट तथा खेलसामाग्री बितरण गरिने जानकारी दिनुभयो ।
त्यस्तै उहाँले मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता सहित आबश्यक जर्सी र नेट समेत प्रदान गर्ने जनाउनुभयो ।
सो कार्यक्रममा देवघाट क्षेत्रभित्रका जनप्रतिनिधि, युवा खेलाडी तथा सामाजिक व्यक्तित्वको सहभागीता थियो ।