सामाजिक क्षेत्रमा कृयासिल चितवन रोटरी क्लबको ३४ औ स्थापना दिवस भव्यरुपमा मनाएको छ ।
भरतपुर उकालोमा रहेको रोटरी भवनमा चितवनमा कृयासिल सामाजिक सस्थाहरुका अध्यक्ष लगायत रोटरियन ,स्पाउज,रोट्र्याक्टर एवं सस्थापक पदाधिकारी सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।
चितवन रोटरी क्लबका अध्यक्ष भानु शर्माको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी डिस्टिक ३२९२ का पूर्व गभर्नर एवं क्लबका पूर्व अध्यक्ष रबिन्द्र पियाको प्रमुख आतिथ्यता थियो ।
पियालेरोटरीअन्तर्राष्ट्रियकागतिबिधिहरु र भुमिकाबारेबताउदै सामाजिकसेवामाक्लबलेगरेकाकामहरुलेसबैलाइप्रेरणादिनसफलभएकोबताउनुभयो ।
सस्थापक उपाध्यक्ष एवं क्लबका पूर्व अध्यक्ष समाजसेवी महेन्द्रलाल प्रधानले बिगतको इतिहास र हालको आबस्यकता बारे बिस्तृत जानकारी गराउनु भयो । क्लबले गरेका ग्लोबल ग्रयान्ड सम्बन्धी बिस्तृत जनाकारी क्लबका उपाध्यक्ष राजन पियाले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बर्ष २०२७-२८ का डिस्ट्रीक गभर्नर प्रोफेसर डा. आइ पि ढकाल ,लायन्स अन्तरास्ट्रिय डिस्ट्रीक ३२५बि का २०२५-२६ का गभर्नर नवराज सापकोटा, रोट्र्याक्ट क्लब चितवनका अध्यक्ष युगल श्रेष्ठ, उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सुमन श्रेष्ठ, छिमेकी क्लबहरुको तर्फबाट रोटरी क्लब गोर्खाका पूर्व अध्यक्ष पवन रमण खनाल ,असिस्टेन्ट गभर्नर हरि सुबेदी समाजसेबि सरस्वती रिजाल,सस्थापक सदस्य चिरञ्जीवी श्रेष्ठ लगायतका महानुभावहरुले रोटरी र समाजसेवाको बारेमा आ आफ्नो अनुभव र बिचारहरु व्यक्त गर्नु भएको थियोे ।