नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले शिक्षकलाई अपमानित र दमन गरेको बताएका छन्।
Advertisement
शिक्षकहरुको समस्या समाधान गर्न सरकार गम्भीर ढंगले लाग्नुको सट्टा अपमानित गरेर समस्या बल्झाउने कोसिस भएको उनले टिप्पणी गरे।
त्यसको विरोधमा आफूले खबरदारी गरेको उनको भनाइ छ। शिक्षकको समस्या समाधानका लागि सदनमा आफूहरुले संघर्ष गरेपछि अहिले समस्या समाधानको सम्भावना बढेको प्रचण्डको भनाइ छ।