नेपाल मगर संघ देवघाट गाउँपालिका कार्यसमिति तनहुँले मगर जातीको भाषा लिपि तथा संस्कृति संरक्षण विषयकमा एकदिने अन्तरक्रिया सम्पन्न गरेको छ ।
Advertisement
नेपाल मगर संघ देवघाटका अध्यक्ष खड्क पामे मगरको अध्यक्षतामा भएको कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष थापाले मगर जातिको भाषा लिपि र संस्कृति संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको छ ।
स्थानीय पाठ्यक्रममा समेत उहाँले मगर जातीको भाषालाई समेट्न पहल थालेको बताउनुभयो ।
संविधानले तोकेको मौलिक हकलाई कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने तर्क गर्नुभयो ।
त्यस्तै उहाँले एकद्वार प्रणालीद्वारा मगर भाषालाई लागू गराउनुपर्ने जिकिर गर्दै स्थानीय तथा सरकारी कामकाजमा समेत मगर भाषालाई सरकारले मान्यता दिनुपर्ने बताउनुभयो ।