नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. १ र वडा नं. ३ जोड्ने जुक्तीखोलामा पौडी खेल्ने क्रममा डुबेर भरतपुरका दुईजना विद्यार्थीको मृत्यु भएको छ ।
Advertisement
मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. ८ गौरीगंज घर भएका प्रविशन पाठक र वडा नं. ४ लंकु घर भएका शिशिर पन्त रहेका छन् ।
पौडी खेल्ने क्रममा उनीहरुको दिउँसो २ बजेको समयमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरू हालै भएको एसईइ परीक्षा सकाएर घरमा बस्दै आएका थिए ।
पौडी खेल्ने क्रममा एकजना साथि डुबेपछि बचाउन जाने क्रममा अर्का किशोरको पनि डुबेर मृत्यु भएको हो ।