चितवनमा पहिलोपटक हुन लागेको ‘घर बनाउने’ मेला आजदेखि सुरु हुँदैछ । मेला एसवन होम्स र भी ग्रुपको आयोजनामा उद्योग बाणिज्य संघ चितवनको परिसरमा हुन लागेको हो ।
Advertisement
मेलाको बागमती प्रदेशका वन तथा बाताबरण मन्त्री कृष्ण सिलवालले उद्घाटन गर्ने कार्यतालिका रहेको भी ग्रुपका अध्यक्ष तथा मेला संयोजक बिपिन कँडेलले जानकारी दिनुभयो ।
मेलामा घरजग्गा, निर्माण सामाग्री लगायतका गरी हालसम्म ३० वटा स्टल बुकिङ भएका छन् ।
तीन दिनसम्म चल्ने मेलामा १० हजारले अवलोकन गर्ने अपेक्षा राखिएको छ । मेलाले निर्माण कम्पनी, निर्माण सामाग्री उत्पादक, घरजग्गा व्यवसायी, इन्जिनियर, उपभोक्ता सर्वसाधारण विद्यार्थीहरुलाई फाइदा पुग्ने विश्वास राखिएको छ ।
मेलामा निःशुल्क प्रवेशको व्यवस्था सहित ८२ जना श्रमिकलाई सम्मान गरिने आयोजकले जनाएको छ ।